'हरैया बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न'

१ वर्ष अगाडि

कञ्चन । रुपन्देहीको कञ्चन – ०३ , हरैयामा अवस्थित हरैया बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा सम्पन्न कार्यक्रममा स्नातक प्रथम वर्ष – चौथो वर्षसम्मका ११ समूहको सहभागिता रहेको थियो ।

क्याम्पसको सभाहलमा भएको कार्यक्रममा शिक्षाशास्त्र चौथो वर्षका टीका कुमारी नाइसा , मिना अर्याल र निर्मल रानाको समूहले प्रथम , सोही कक्षाकै जीवन कुमार धवल , हरि कुमारी चौधरी र बिरेन्द्र गुप्ताको समूहले द्वितीय र व्यवस्थापन सङ्काय प्रथम वर्षका अरुण ढकाल , बाल कृष्ण भट्टराई र मनिषा विश्वकर्माको समूहले तृतीय स्थान हाँसिल गरेका छन् ।

समितिका संयोजक कुशबहादुर पौडेलको अध्यक्षता , क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यता , प्राध्यापक विष्णुप्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विजयी समूहलाई क्याम्पस प्रमुख प्रकाश खनालले प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने