'देवदहमा विशेष रचना वाचन हुदै, चर्चित गजलकार प्रदिप रोधन आउने'

१ वर्ष अगाडि

देवदह ।। रुपन्देहीको देवदहमा विशेष रचना वाचन-२०८१ हुने भएको छ । युगिन साहित्य समाज नेपालको आठौं वार्षिक साधारणसभा, तेश्रो अधिवेशनको अवसरमा मंसिर १५ गते शनिबार विशेष रचना वाचन हुने भएको हो ।

देवदहमा भषा, कला तथा साहित्यको विकासका लागि विशेष अवसर सृजना गर्दै साहित्यको विकास गर्ने उद्देश्य साथ कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन गरी संस्थाले जानाकारी गराएको हो । देवदह नगरपालिकाको आर्थिक सहयोगमा गरिने कार्यक्रममा करिब ३ सय जना साहित्यप्रेमीहरुको उपस्थिती गराउने लक्ष्य लिएको संस्थाको अध्यक्ष कृष्ण प्रसाद सापकोटा ‘सुशील’ले बताउनुभयो ।

कार्यक्रममा चर्चित गजलकार प्रदीप रोदन, कवि गजलकार छवि ज्ञवाली, कवि नारायण प्रसाद भण्डारी, मुक्तककार डीआर न्यौपाने ‘सूर्य’, कवयित्री सन्ध्या भण्डारीको विशेष रचना वाचन हुने अध्यक्ष कृष्ण प्रसाद सापकोटा ‘सुशील’ ले जानकारी दिनुभयो ।

कार्यक्रमकै अवसर पारेर संस्थाका वरिष्ठ सल्लाहकार समेत रहेका रुपन्देहीका अग्रज साहित्यकार तुल्सी घिमिरे ‘पुष्प’ लाई ‘युगिन साहित्य साधना सम्मान-२०८० प्रदान गरिने र आजीवन सदस्यताबाट उठेको रकमबाट करिब १ लाख ५० हजार बराबरको अक्षय कोषको घोषणा गरिने आयोजकले जानकारी गराएको छ । साथै सोही कोषबाट ‘युगीन साहित्य साधना पुरस्कार’ समेत घोषणा गरिने कार्यक्रम रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा संस्थाका उपाध्यक्ष गणेश न्यौपाने, सचीव बिष्णु विवश पोखरेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने