'दलका गलत क्रियाकलाप र भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको छ ; अध्यक्ष राजेन्द्र लिङ्देन'

१ वर्ष अगाडि

देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका गलत क्रियाकलाप र भ्रष्टाचारका कारण मुलुक समस्यामा परेको बताउनुभएको छ।

रुपन्देहीको देवदह स्थित शंकरपुर बजारमा आज आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले एमाले, काङ्ग्रेस र माओवादीले मुलुकमा भ्रष्टाचार र लुटतन्त्र मच्चाएर देशलाई खोक्रो बनाएको भन्दै अब जनता जागरुक हुन आवश्यक रहेको बताउनुभयो।

अध्यक्ष लिङदेनले राजतन्त्रलाई अभिभावकिय भूमिकामा राखी प्रत्येक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था नगराउदा सम्म मुलुकमा समृद्धि नआउने भन्दै मुलुकको समृद्धि र विकासको स्पष्ट खाकासहित भ्रष्टाचार र अनियमितताको विरुद्धमा राप्रपा लागेको र आम नागरिकलाई समेत यो अभियानमा जोडिन उहाँले आग्रह गर्नुभएको थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै पार्टीका सह महामन्त्री ताहिर अलिले देशमा किसानका समस्या विद्यमान रहेको र किसानका लागि आवश्यक पर्ने मलखाद कारखाना समेत नहुदा भारत सङ्ग परनिर्भर हुनुपरेको कारण किसानले दुख पाएको भन्दै राप्रपाले किसानका मुद्दा बोकेर देशव्यापी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यो अभियानमा जोडिन समेत उहाँले आग्रह गर्नुभयो ।

बृहत सभामा राप्रपाका केन्द्रिय सदस्य स्वाठी थापा र तोयानाथ लम्सालले सम्बोधन गर्दै भष्ट्राचारबाट देश आक्रान्त भएकाले यसको न्युनिकरण जस्ता प्रमुख एजेन्डा लिएर अघि बढेको र अब यहि व्यवस्थामा जनताका समस्या समाधान हुन नसक्ने भएकोले विकल्पका लागि तयार रहन आग्रह गर्नुभयो।

बृहत जनसभा राप्रपा देवदह नगर अध्यक्ष माधव रिमालको अध्यक्षता, देवदह-१२ का वडा अध्यक्ष दुधनाथ यादवको स्वागत र राप्रपा देवदह नगर सदस्य राजु चौधरीको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने