'बागलुङमा पहिरोमा परि ८ जनाको मृत्यु, २ जना बेपत्ता'

२ वर्ष अगाडि

बागलुङको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर बडिगाड गाउँपालिका-९ र १० मा गरी हालसम्म ८ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

वडा नम्बर १० मा ६ जना र वडा नम्बर ९ मा २ जनाको मृत्यु भएको बरालले बताए ।

मृत्यु हुनेमा मालती बुढा, मधु बुढा, सन्जु बिकको ६ महिने छोरी, मनोज बुढा, मन बुढा, मैतीदेवी बिक, विधान परियार र गङ्गा बस्नेत छन् ।

संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा घाइते भएको सहायक प्रजिअ बरालले बताए । थप दुइजना बेपत्ता रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)