देवदह । रुपन्देहीको देवदहमा एकदिने मकै महोत्सव सम्पन्न भएको छ।
मकै महोत्सव मूल आयोजक समिति देवदहको आयोजना र देवदह नगरपालिका वडा नम्बर ५ को संयोजनामा देवदह ५ स्थित पाठक फुडल्याण्डमा मकै मेला आयोजना गरिएको हो।
कार्यक्रमको औचित्यबारे बोल्दै देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले मकैलाई ब्रान्डको रुपमा स्थापित गरि पर्यटनकाे विकासकाे लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कृषि क्षेत्रकाे विकासका लागि मकै बालीकाे संरक्षण र उत्पादनलाई प्राथमिकता दिँदै बजारीकरणको सहजताको लागि मकै महोत्सव लाभदायक हुने उहाँको भनाई थियो।
देवदह नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले मकै महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गरि किसानलाई आर्थिक सबलिकरण तर्फ जोड्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले कृषि र पर्यटनको प्रबर्द्धनबाट देवदहलाई समृद्ध नगर बनाउन सकिने बताउँदै नगरको विकास निर्माणका लागि सहकार्य गरेर अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
महोत्सवमा साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदह ३, न्यू लुम्बिनी इङलिस बोर्डिङ स्कुल, हिमाल कृषक समूह, पाठक फुडल्याण्ड, वर पिपल कृषि सहकारी देवदह २, कोलुवा कृषि सहकारी देवदह ५, शिव शक्ति बहुउद्देश्यीय सहकारी गरि ७ वटा स्टल राखिएको थियो।
महाेत्सवमा राखिएको स्टलमा मकैबाट बनाइएको परिकार मकैको सेलरोटी, मकैको बटुक, मकैको चटपट, मकैको बटुक, पकौडा, चुकौनी, खिर, सातु, जेरी, चाट आदि परिकार बिक्री वितरणका लागि राखिएको मकै महोत्सवमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो।
महोत्सवको अवसरमा कृषकहरुलाई कृषि सामाग्री कोदालो समेत वितरण गरिएको थियो।
मकै महोत्सव मूल आयोजक समितिका अध्यक्ष प्रमिला सेढाईको अध्यक्षता र चक्रपाणि न्यौपानेको संचालनमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्यालले देवदहको कृषि पर्यटन तथा समृद्धि सङ्ग सम्बन्धित रहेर रचना गरिएको गित प्रस्तुत गर्नुभएको थियो।