'दुई वर्षअघि भएको चुनावको पुनः मतगणना गर्न अदालतको आदेश'

२ वर्ष अगाडि

तनहुँको ब्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

ब्यास नगरपालिकामा दुई वर्षअघि भएको पालिका चुनावको पुनः मतगणना गर्न अदालतले आदेश दिएको हो ।

स्वतन्त्र उम्मेदवार बनेका दीपकराज जोशीलाई हराउँदै कांग्रेसका बैकुण्ठ न्यौपाने व्यास नगरपालिकाको मेयरमा दोस्रो पटक विजयी भएका थिए ।

स्वतन्त्र उम्मेदवार जोशीले दायर गरेको रिटमा न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले निवेदकको माग बमोजिम दाबी पुग्ने फैसला गरेको हो ।

२०७९ वैशाख ३० गते सम्पन्न मतदानमा कांग्रेसका न्यौपाने २ सय ५२ मतले विजयी भएका थिए ।

न्यौपानेले १२ हजार ७८ र एमालेको समेत समर्थन पाएका जोशीले ११ हजार ८ सय २६ मत पाउनुभएको थियो । धाँधली भएको भन्दै जोशी पुनः मतगणनाको माग लिएर २०७९ जेठ १२ गते अदालत पुगेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे