'कोशी प्रदेशसभाको विशेष अधिवेशन शुरु : मुख्यमन्त्री हटाउने सङ्कल्प प्रस्ताव ‘टेबुल’'

२ वर्ष अगाडि

काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज प्रदेशसभाको ‘विशेष’ अधिवेशनमा सङ्कल्प प्रस्ताव ‘टेबुल’ गरेका छन् । मुख्यमन्त्री कार्कीले समर्थन गुमाइसकेका कारण राजीनामा दिएर वैकल्पिक सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्नुको विकल्प नभएको भन्दै सङ्कल्प प्रस्ताव टेबुल गरेका हुन् ।

भोलि सङ्कल्प प्रस्ताव निर्णयार्थ संसदमा पेस हुँदैछ । प्रस्तावको समर्थकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल हुनुहुन्छ । उहाँहरुले पनि मुख्यमन्त्री कार्की अल्पमतमा परिसकेकाले राजीनामा दिनुपर्ने जिकिर गर्नुभएको छ ।

एमाले र माओवादीका सांसदको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङको आह्वानमा प्रदेशसभाको विशेष अधिवेशन बसेको हो । कांग्रेसले भने सङ्कल्प प्रस्ताव पारित भए पनि पदबाट राजीनामा दिनुपर्छ भन्ने कुनै बाध्यता नभएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे