'एमाले प्रतिनिधि परिषद बैठक : उपत्यका बाहिरका प्रतिनिधिलाई खाना र बासको ब्यवस्था बागमती सम्पर्क मञ्चले गर्ने'

२ वर्ष अगाडि

काठमाडौं, बैशाख ६ । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा उपत्यका बाहिरबाट आउने प्रतिनिधिलाई खाना र बस्ने ब्यवस्था गर्ने निर्णय गरेको छ ।

अध्यक्ष सुभाषचन्द्र ठकुरीको अध्यक्षतामा आज बसेको एमाले बागमती सम्पर्क मञ्चको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । एमालेको महाधिवेशन प्रतिनिधि परिषदको बैठक शनिवार अर्थात बैशाख ८ र ९ गते गोदावरीको सनराइज हलमा हुँदैछ भने बैशाख १० गते पार्टी स्थापनाको ७५औं बर्ष पूरा भएको अवसरमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रमका लागि उपात्यका बाहिरबाट आउनेलाई खाना र बस्ने समस्या भएमा ब्यवस्था गर्ने निर्णयसहित सम्पर्क गर्न मञ्चले अनुरोध गरेको छ । बागमति प्रदेश अन्तर्गतका जिल्ला सम्पर्क मञ्चका अध्यक्षसहित बैठक सबेर यस्तो निर्णय गरेको उपाध्यक्ष सरोजमोहन लामाले जानकारी दिनुभयो ।

‘महाधिवेशन प्रतिनिधि परिषद बैठकमा काठमाडौं बाहिरबाट पाल्नुहुने सदस्यहरुलाई ८, ९ र १० गते बेलुका बस्न र खानाको समस्या छ भने बागमती प्रदेश सम्पर्क कमिटी र अन्तर्गतका जिल्ला सम्पर्क मञ्चहरु मिलेर ब्यवस्था गर्ने निर्णय गरेका छौं । आ–आफ्नो जिल्लाबाट पाल्नुहुने प्रतिनिधि परिषद सदस्यहरुलाई गाँस र बासको समस्या सम्पर्क गर्न अनुरोध गरेका छौं,’ उपाध्यक्ष लामाले भन्नुभयो ।

बैठकले बैशाख १० गते मनाउन लागिएको पार्टीको स्थापना दिवस (हिरक बर्ष) भब्य रुपमा सफल पार्न विभिन्न कार्यक्रमहरुसहित व्यापक उपस्थितिको तयारी गर्ने निर्णय पनि गरेको उपाध्यक्ष लामाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने