'अब बुटवल सहित देशका विभिन्न १८ सहरमा पठाओको सेवा संञ्चालन'

२ वर्ष अगाडि

बुटवल । राइड सेयरिङ व्यवसायको कम्पनी पठाओको मोटरसाइकल तथा ट्याक्सी सेवा देशका १८ वटा सहरमा बिस्तार भएको छ ।

यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई देशका प्रमुख सहरहरु बुटवल, पोखरा लगाएत सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा बिस्तार भइसकेको छ । यस अगाडि सेवा बिस्तारको योजनामा समावेश नभए पनि स्थानीयको मागअनुसार कर्णाली प्रदेशको वीरेन्द्रनगरमासमेत सेवा बिस्तार गरिएको बस्न्यातले बताए ।

स्वरोजगार सिर्जना र जनजिवन सहज बनाउँदै काठमाण्डौ उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा निकै उत्साहित भएको बस्न्यातले बताए ।

कोशी प्रदेशका नौ सहर बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा बिस्तार भएको छ ।

मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको राइड सेयरिङ सेवा शुरु भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने