'चितवनबाट राष्ट्रिय एकताको सन्देश दिएको प्रधानमन्त्री प्रचण्डको भनाई'

२ वर्ष अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको दाबी गरेका छन् ।

‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकार र नीति क्षेत्रको नयाँ संकल्पको पनि उद्घाटन समारोह पनि भएको बताए ।

उनले भने, ‘आज जुन सार तत्वका साथ उद्घाटन भएको छ, यो सामान्य भरतपुर भ्रमण वर्षको मात्रै उद्घाटन भएन । यो देशका सबै प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह भयो । समृद्धिको नयाँ यात्रामा हामी सबै एकै ठाउँमा छौं भन्ने सन्देश पनि गयो । यहाँ प्रतिनिधित्व र उपस्थितीलाई हेर्दा भरतपुर र चितवन मात्रै होइन सिंगो राष्ट्रको समुद्घाटन समारोहजस्तो भयो ।’

उनले चितवनको जनप्रतिनिधिको रुपमा आफूले धेरै काम गरेको दाबी गरे । अहिले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए ।

उनले भने, ‘चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन् । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन् ।’

राष्ट्रकै पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोसेढुङ्गा सावित हुनेमा विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने