राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद बैठक अवरोध गर्ने भएको छ ।
दुग्ध व्यवसायी किसान, मिटरव्याज पीडित र सहकारी पीडितको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै राप्रपाले संसद अवरूद्ध बनाउने भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गत १३ गतेको संसद बैठकमा यस विषयमा धारणा राखेका थिए ।
दुग्ध व्यवसायी किसान मिटरव्याज पीडित लगायतको समस्या समाधाका लागि सरकारले ठोस काम नगरे अर्को बैठक अवरोध गर्ने जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0