'मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, एमाले र जनमत विपक्षमा'

२ वर्ष अगाडि

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन् । जनमत पार्टी सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

आइतबार प्रदेशसभा बैठकमा १०७ मध्ये १०४ सांसद उपस्थित थिए । मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा ३५ मत परेको छ । जनमत पार्टी र नेकपा (एमाले)ले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरे ।

मुख्यमन्त्री यादवले एकवर्षमै ३५ सांसदको समर्थन गुमाए । जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री छन् । जसपाससित सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र साना दलले उनलाई विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री यादवको कामबाट सत्ताधारी दलकै सांसद असन्तुष्ट छन् ‌। यद्पी केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)