'प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र बाग्मती तथा कर्णाली र गण्डकी बिचकाे खेल हुने'

२ वर्ष अगाडि

काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरमा एपीएफ क्लब र बाग्मती प्रदेश तथा भैरहवामा कर्णाली र गण्डकी प्रदेशबीच खेल हुनेछ । यी खेल बिहान सवा ९ बजेदेखि शुरु हुनेछन् । यो प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी छन् ।

हिजो पहिलो दिन तीन वटा खेल भएकोमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेका छन् । प्रतियोगितामा पहिलो पटक राउन्ड रोबिन अर्थात् सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

हरेक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । यस पटकदेखि शीर्ष चार टोलीले इलिट ट्रफी पनि खेल्न पाउने भएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने