युवा ब्याट्सम्यान रित गौतमको कप्तानीमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ ।
रितले सिनियर स्तरमा पहिलो पटक नेतृत्व गर्नेछन् । नेपालको यू-१९ पछि उनले कप्तानी गरेका छैनन् । रित नेपालबाट यू-१६ र यू-१९ दुबैमा शतक हान्ने एक्लो खेलाडी हुन् ।
बागमतीको टोलीमा रित गौतम (कप्तान), आशुतोष घिरैया, ईशान पाण्डे, रविन जोशी (विकेटकिपर), विवेक रानामगर, प्रतिक श्रेष्ठ, प्रतिश जि.सी, सूर्य तामाङ, कृर्जन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य रहेका छन भने वैकल्पिक खेलाडीमा सन्देश कार्की, गौरभ खड्का, दीपेश श्रेष्ठ र कृष कार्की रहेका छन । प्रशिक्षक क्लाम अली र टेक्लिनकल एनालिष्ट राजन शाह रहनेछन । बागमतीले शनिबार टियु क्रिकेट मैदानमा नेपाल पुलिस क्लबसँग खेल्दै सुरुवात गर्नेछ ।
कोशी प्रदेशले ओपनर अंकित सुवेदीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको छ । तीव्र गतिका बलिङ अलराउन्डर फिर्दोस अन्सारीले उप-कप्तान रहेको कोशीको टोलीमा सोनु अन्सारी विष्फोटक ब्याटरको रुपमा टोलीमा छन ।
कोशीको टोलीमा अंकित सुवेदी (कप्तान), फिर्दोस अन्सारी (उप–कप्तान), सोनु अन्सारी, मिनास थापा(विकेटकिपर), आइस भट्टराई, सुजन थपलिया, सुमन गहतराज, समिर कार्की, सोनु मण्डल, कमल खत्री, हेमन राई, भुपाल लुइटेल, अभियास तिम्सिना र सौजन घिमिरे रहेका छन ।
वैकल्पिक खेलाडीमा दीपक राज जोशी, भुपाल डंगोल, सौगात भट्टराई र अश्वीन कामत रहेका छन । त्यस्तै टिम प्रशिक्षकमा पुष्प थापा, व्यवस्थापक सुरेश गुरागाई र एनालिष्ट विनित बास्तोला रहेका छन ।
हरिशंकर शाहको कप्तानीमा मधेश प्रदेशले प्रधानमन्त्री कप प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । अघिल्लो महिना केपी ओली टि-२० प्रतियोगिता उपाधि जितेको मधेशले सिनियर टोलीका तीन खेलाडी समेट्दै बलियो टोली घोषणा गरेको छ ।
मधेशको टोलीमा हरिशंकर शाह (कप्तान), निरज यादव, मयन यादव, अनिल कुमार शाह (विकेटकिपर), पवन सरार्फ, अभिषेक तिवारी, अरनिको यादव, राहुल मण्डल, विशाल पटेल, रन्जित कुमार, साम्सद अन्सारी, प्रदीप पासवान र राजेश यादव रहेका छन ।
वैकल्पिक तर्फ डब्लू मलिक, भुलवान शहानी, प्राथिव यादव र साहिल पटेल रहेका छन । प्रशिक्षकमा सुनिल शाह, व्यवस्थापक सुवास जैसवाल र भिडियो एनालिष्ट नवनित जैसवाल रहेका छन ।
विपिन खत्रीको कप्तानीमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । यू-१९ विश्वकपको कारण गण्डकीको टोलीमा प्रमुख ब्याटर अर्जुन कुमाल र दीपक डुम्रे टोलीमा छैनन्। गण्डकीले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै टोली घोषणा गरेको छ ।
गण्डकीको टोलीमा विपिन खत्री (कप्तान), समिर कँडेल (उप–कप्तान), ईश्वर क्षेत्री, मुश्कान थापा मगर, रोशन गौतम, कृष ऐर, आश्विनी राना मगर, कमल परियार, अमृत गुरुङ, कृष्ण पौडेल, करण पंगेनी, सन्दीप पराजुली, चन्द्रकान्त पौडेल र अंकित न्यौपाने रहेका छन ।
वैकल्पिक खेलाडीमा अर्जुन रायमाझी, दीनेश बुढामगर, गोविन्द विक र तुल्सिराम भण्डारी रहेका छन । त्यस्तै प्रशिक्षकमा रिजन प्रजु, टिम व्यवस्थापक ऋषिराम गौतम र टेक्निकल एनालिष्ट दिवाकर थापा रहेका छन ।
त्रिभुवन आर्मी क्लबले पिएम कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विनोद भण्डारीको कप्तानीमा टोलीको घोषणा गरेको छ ।
आर्मी क्लबको टोलीमा विनोद भण्डारी (कप्तान/विकेटकिपर), भिम सार्की, सन्तोष कार्की (विकेटकिपर), कुशल मल्ल, सन्दीप रजाली, सहाब आलम, बसिर अहमद,इमरान शेख, सोमपाल कामी, जितेन्द्र मुखिया, पवन कार्की, अभिनाश कर्ण,नितेश पटेल र विवेक यादव रहेका छन ।
त्यस्तै प्रशिक्षकमा चन्द्र साउद र व्यवस्थापकमा अनिलकुमार मण्डल रहेका छन ।
नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्र सिँह ऎरिको कप्तानीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । उपाधिको मुख्य दाबेदार रहेको पुलिस क्लबमा सिनियर टोलीका स्टार खेलाडी छन् ।
पुलिस क्लबको टोलीमा दीपेन्द्र सिँह ऎरि (कप्तान), आरिफ शेख, करण केसी , कुशल भुर्तेल, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राना, राशिद खान, ललित भण्डारी र रोशन बुढाल रहेका छन । मुख्य प्रशिक्षक मन्जित श्रेष्ठ, ब्यवस्थापक चित्र बहादुर बिस्ट र टेक्निकल एनालिस्ट विजय कुमार धिताल रहेका छन ।
साविक विजेता नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको छ ।
त्रिभुवन आर्मी क्लब छाडेर पुनः एपिएफमा आबद्ध भएका रोहितलाई एपिएफले आफ्नो टोलीको कप्तान नियुक्त गरेको थियो । उनले यस अघि पनि एपिएफबाट खेलिसकेका छन् । रोहितले आर्मीसंगको यात्रालाई बिट मार्दै एपिएफमा फर्किएका हुन् ।
यस्तै गत महिना आईसिसी लेभल २ कोचिङ कोर्स पूरा गरेका नेपाली राष्ट्रिय टोलीका सफल व्याटर तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल टोलीको प्रशिक्षक रहने छन् ।
एपिएफको क्रिकेट टोलीमा रोहित पौडेल (कप्तान), मोहम्मद आशिफ शेख, प्रदीप ऐरी, सुमित महर्जन, भुवन कार्की, अमर सिंह राउटेला, पुरन बिक, लोकेश बाम, प्रज्वल शाही, अविनाश बोहोरा, इर्साद अहमद, रमेश कुर्मी, मौसम ढकाल र सन्दिप जोरा रहेका छन ।
त्यस्तै वैकल्पिक खेलाडीमा यज्ञमान कुमाल, आयुष्मान बाम, निर्मल थापा र आयुष बानिया रहेका छन । प्रशिक्षकको भुमिकामा ज्ञानेन्द्र मल्ल र व्यवस्थापकमा राजेश श्रेष्ठ रहेका छन ।
पिएमकप शनिबार देखी काठमाडौंको टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् । प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । सबै ७ पदेश र तीन विभागीय टोलीले एकअर्कासँग खेल्नेछन् । यस पटक शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्नेछन् ।