'छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेपछि बालेनले निलम्बन गरे सचिवालयका कर्मचारी'

२ वर्ष अगाडि

काठमाडौं । करार कर्मचारीको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो सचिवालयका प्रमुखसहित ३ जना कर्मचारीलाई निलम्बन गरेका छन् ।

मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् ।

नगर कार्यपालिकाले गरेको निर्णय आफूखुशी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई सोमबार मेयर शाहले निलम्बन गरेको महानगर स्रोतले बतायो ।

वरिष्ठ शाखा अधिकृत बिडारीले छोरीलाई करारमा जागिर खुवाउन कार्यपालिकाको निर्णय फेरेको बताइएको छ ।
उक्त घटनामा मुछिएपछि प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीसमेत बिदामा बसेका छन् । अधिकारी पनि यस प्रकरणमा सलंग्न रहेको स्रोतले बतायो । २३ औं नगरसभाको १५ औं एजेण्डामा करारको स्वास्थ्य कर्मचारीहरुको सेवा अवधि थप गर्ने निर्णय थियो ।

नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको स्रोतले बतायो ।

शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन बैठकको निर्णय नै २ पटक परिवर्तन गरिएको पाइएपछि मेयर शाह आफैं एक्सनमा उत्रिएका हुन् ।

‘नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, बिडारीले आफनी छोरीलाई जागिर खुवाउन निर्णयभित्र घुसेर ५ जनाको ठाउँमा ६ जना बनाएर छोरीको नाम थप गरेको पाइयो ।’

बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । कार्यपालिकाको बैठकका निर्णयहरु प्रमाणीकरण प्रमुख प्रशासकीय अधिकृतले गर्छ । त्यसपछि मात्रै मेयरको कार्यालयमा जाने गर्छ । अधिकारीले कर्मचारीले गरेको फेरबदलमै प्रमाणीकरण गरिदिएका थिए ।

‘मेयरज्यूकहाँ आउँदा ६ जनाको आयो । ६ जना कसरी आयो भनेर हेर्दा महानगरको कर्मचारीकी छोरीलाई जागिर दिन रहेछ’, स्रोतले भन्यो ।

प्रमुख प्रशासकीय अधिकृत नै संलग्न भएको घटना भएकाले छानबिन समिति नबनाइ मेयर आफैंले अनुसन्धान गरिरहेको बताइएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ ।

अधिकारी हिजैदेखि बिदामा बसेकाले हिजोको नियमित नगर कार्यपालिका बैठकमा कोइराला सहभागी भएका थिए । केही दिनअघि सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा पनि निलम्बनमा परेका छन् ।

निर्माणसम्बन्धी काममा प्रश्न उठेपछि उनी निलम्बनमा परेका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने