'हरैया बहुमुखी क्याम्पसमा भलिबल र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न'

२ वर्ष अगाडि

रुपन्देही // रुपन्देहीको कञ्चन गाउँपालिकाकै एकमात्र उच्च शैक्षिक संस्था हरैया बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ र भलिबल प्रतियोगिता सम्पन्न भएका छन् ।

प्रतियोगितामा हाजिरीजवाफतर्फ बिएड चौथो वर्षका दयाराम यादव, सो वर्षकै रेखा प्रजापति र बिबिएस तेस्रो वर्षका दीपेन्द्र पासीको समूहले प्रथम, बिएड तेस्रो वर्षका जीवन धवल, सो वर्षकै हरिकुमारी थारु र बिएड प्रथम वर्षका राजेशकुमार गुप्ताको समहले द्वितीय स्थान र बिबिएस दोस्रो वर्षका मिलन आचार्य, सो कक्षाकै अनिता थापा र बिएड तेस्रो वर्षका टिकाकुमारी नाइसाको समूहले तृतीय स्थान हाँसिल गरेका छन् । हाजिरीजवाफमा जम्मा ८ समूह सहभागी भएका थिए ।

त्यसैगरी भलिबल प्रतियोगितामा बिबिएस प्रथम वर्षका रामचन्द्र यादवको समूहले प्रथम र बिबिएस दोस्रो वर्षका नवरेन गुरुङको समूहले द्वितीय स्थान हाँसिल गर्न सफल भएका छन् ।

अतिरिक्त क्रियाकलाप प्रमुख विनोद पौडेलको अध्यक्षता, क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन हाजिरीजवाफतर्फ प्राध्यापक केबि धुवाँले र भलिबलतर्फ प्राध्यापकद्वय शेरबहादुर बस्नेत र शोभाखर आचार्यले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने