'विराटनगरआगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या तिन पुग्याे'

२ वर्ष अगाडि

मोरङको विराटनगर महानगरपालिका-७ मा रहेको कबाडी पसलमा आगलागी हुँदा ज्यान गुमाउनेको सङ्ख्या ३ पुगेको छ ।

हिजो बुधवार दिउँसो भएको आगलागीमा घाइते भएकी विराटनगर-६ की ६४ वर्षीय सुनिता कामतको उपचारका क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा आज बिहीवार ज्यान गएको हो । यसअघि हिजो स्थानीय ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवानको ज्यान गएको थियो ।

आगलागीमा घाइते भएका तीन जना विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरमा उपचार भइरहेको छ ।

आगलागीबाट झन्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)