पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाइ त्रिभुवन आर्मी क्लबले ४ विकेटले हराउदै फाइनलमा प्रवेश गरेकाे छ ।
टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएकाे थियाे ।
आर्मीका लागि भिम सार्किले सर्वाधिक ३९ रन, कुशलले मल्ल २७, कप्तान विनाेद भण्डारीले २५ र साेमपाल कामीले १५ रनकाे याेगदान गरे ।
बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादवले १ विकेट लिए ।
बागमतीका लागी प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाउदा कप्तान सन्दीप लामिछानेले १९, रित गौतमले १४, इशान पाण्डेले १२, सोनु देवकोटाले ९, शुभ कंशाकारले ३ र रोशन विकेले १ योगदान दिए । ४४ रनमा ६ विकेट गुमाएको बागमतीका कप्तान सन्दीप र प्रतिकले बागमतीलाई सम्हालेका थिए ।