'केपी ओली कपमा मदन भण्डारी ‘निलो’ हार्दा काेशीकाे सान्त्वना जित'

२ वर्ष अगाडि

बुटवल । केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगितामा काेशी प्रदेशले सान्त्वना जित निकालेकाे छ । आज बुधवार पाेखरा रङ्गशालमा भएकाे समूह ‘डी’ काे खेलमा काेशीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘निलो’ लाई ९ विकेटले हरायाे ।

मदन भण्डारी ‘निलो’ ले दिएकाे ६८ रनकाे सामान्य लक्ष्य काेशीले ७ ओभर ४ बलमा १ विकेट गुमाएर भेटायाे । काेशीका साेनु अन्सारीले नट आउट ३५ रन बनाए । बलिङतर्फ मदन भण्डारी ‘निलो’ का शुभम् खनालले १ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मदन भण्डारी ‘निलो’ १७ ओभर ५ बलमा ६७ रनमा अल आउट भयाे । मदन भण्डारी ‘निलो’ का अर्जुन रायमाझीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ काेशीका श्रवण यादवले ३ तथा फिर्दाेश अन्सारी र कमल खत्रीले समान २ विकेट लिए ।

केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल सेमीकरण यसअघि नै पूरा भइसकेकाे छ । समूह ‘ए’ बाट बाग्मती प्रदेश, समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब, समूह ‘सी’ बाट मधेस प्रदेश र समूह ‘डी’ बाट आर्मी सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनल खेल भाेलि बिहीवार हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल पर्सि शुक्रवार हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने