'कुशल भुर्तेलकाे शतक संगै पुलिस क्लबले मधेस प्रदेशलाई हरायाे'

२ वर्ष अगाडि

बुटवल । पाेखरामा चलिरहेकाे केपी ओली कप टी-२० क्रिकेट प्रतियाेगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पुलिसले मधेसलाई ५७ रनले हरायाे ।

पुलिसले दिएकाे १ सय ७६ रनकाे लक्ष्य पछ्याएकाे मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयाे । मधेसका रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । यस्तै इमरान शेखले २२ रन जाेडे । बलिङतर्फ पुलिसका करण केसी, सागर ढकाल, रशिद खान र ललित राजवंशीले समान २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ राेजेकाे पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायाे । पुलिसका कुशल भुर्तेलले शतक बनाए । उनी ५७ बलमा ७ छक्का र ८ चाैकाकाे मद्दतमा १ सय २ रन बनाएर आउट भए । कुशल भुर्तेल केपी ओली कपमा शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । बलिङतर्फ मधेसका विशाल पटेल र विशाल शुस्लिङले समान २ विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)