'नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला सम्पन'

२ वर्ष अगाडि

नमस्ते नेपालको मधेस प्रदेश स्तरीय प्रथम भेला आज भव्यताका साथ सम्पन्न भएको छ ।

देशका ७७ ओटै जिल्लाका युवाहरूलाई समाजसेवामा गोलबद्ध पार्ने उद्देश्यका साथ प्रदेश सम्मेलनमा लागेको संस्था नमस्ते नेपालले रौटहटको कटहरिया नगरपालिकामा आज उक्त भेला सम्पन्न गरेको हो ।

कार्यक्रममा मधेस प्रदेश स्तरीय भेला कार्यक्रमका संयोजक एवं नमस्ते नेपालका केन्द्रीय कोषाध्यक्ष बरदान आचार्यको अध्यक्षता रहेको थियो । कार्यक्रममा कटहरिया नगरपालिका उप-प्रमुख रीता यादवको प्रमुख आथित्यता रहेको थियो भने कार्यक्रममा नमस्ते नेपाल केन्द्रीय अध्यक्ष मनिष भुसाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अनुशासन विभाग प्रमुख एवं गण्डकी प्रदेश इन्चार्ज भुवन सुवेदी, मधेस प्रदेश सह-इन्चार्ज असमी खड्काको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले नमस्ते नेपाल संस्थाको प्रशंसा गर्दै आफ्नो प्रदेशमा बिस्तार गरिएकोमा कृतज्ञता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा १५० भन्दा बढि युवाको उपस्थिति रहेको थियो । उक्त भेलाबाट सो प्रदेशका ८ ओटै जिल्लाको प्रतिनिधित्व हुने गरि जम्मा ११ सदस्यीय तदर्थ समितिको गठन गरिएको छ । उक्त समितिले ६ महिना भित्र सम्बन्धित प्रदेशका ८ ओटै जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गर्ने लक्ष राखिएको केन्द्रीय अनुशासन विभाग प्रमुख भुवन सुवेदीले बताए ।

वि. सं २०६८ सालमा बाल क्लबको रूपमा स्थापित यस संस्था वि. सं २०७४ सालमा जिल्ला प्रशासन कार्यालयमा नमस्ते नेपालको नामले दर्ता भई सामाजिक कृयाकलापमा अग्रसर छ । कुलत रहित समाज निर्माण र युवाहरूलाई समाजसेवा संगै उद्यमशीलता संग जोड्ने लक्ष्यसहित यतिबेला संस्था नमस्ते नेपालले अहिले झण्डै १० हजार सदस्य जोड्ने उद्देश्यसहित देशव्यापी शाखा विस्तार अभियानमा लागेको केन्द्रीय अध्यक्ष मनिष भुसाल बताएकाे विपिन नेपालले जानकारी गराएका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ