'ख्याहा पाल्पा काठमाडौ समाज खुल्ला कृकेट प्रतियोगिताकाे उपाधी हातेमालाे कृकेट क्लबलाई'

२ वर्ष अगाडि

बुटवल । ख्याहा पाल्पा काठमाडौ समाज नेपालले आयोजना गरेकाे प्रथम संस्कणकाे खुल्ला कृकेट प्रतियोगिता -२०८० काे उपाधी हातेमालाे कृकेट क्लबले हात पारेकाे छ ।

कार्तिक १० गते भएकाे फाइनल खेलमा हातेमालाे कृकेट क्लबले पाल्पा भैरव कृकेट क्लबलाइ १८ रनले पराजित गर्दै बिजयी भएकाे हाे ।  ८ देखी १० गते सम्म संञ्चालन भएकाे खेलमा विभिन्न स्थानबाट १६ टाेलीले  सहभागिता जनाएका थिए ।

सेमीफाइनलमा ख्याहा A टिमलाइ पराजित गर्दै पाल्पा भैरव कृकेट क्लब फाइनल प्रवेश गरेकाे थियाे भने ख्याहा रूपन्देही सम्पर्क समाजलाइ पराजित गर्दै हातेमालाे कृकेट क्लब फाइनल पुगेकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथी तथा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य माननीय सासंद ठाकुर प्रसाद गैरेले बिजयी टिमलाइ पुरस्कार रकम तथा ट्रफी प्रदान गर्दै ख्याहाकाे खेल क्षेत्र तथा समग्र विकासकाे लागि आफ्नाे तर्फबाट पहल गर्ने बताउनु भएकाे थियाे ।

विशिष्ट अतिथी वार्ड अध्यक्ष चिरञ्जीवी पोखरेलले मेडल र प्रमाणपत्र प्रदान गर्दै ख्याहा पाल्पा काठमाडौ समाज नेपालले कृकेट खेलकाे  आयोजना गरेकाेमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

प्रतियाेगितकाे म्यान अफ द म्याच तुल बहादुर थापा बनेका छन । उनले ब्याटिङ तर्फ ७० रन र वलिङ तर्फ ६ बिकेट लिदै सर्वाेकृष्ट खेलाडी बने ।

बिजया दशमीको अवसर पारेर ख्याहा पाल्पा काठमाडौ समाज नेपालले पाल्पा ख्याहाको कराम्दी कृकेट मैदानमा खृल्ला कृकेट खेलको आयोजना गरेको थियाे । प्रतियाेगिता हेर्न दिनहुँ पाँचसय बढी दर्शक मैदान पुगेका थिए ।

प्रतियाेगिताकाे समापन ख्याहा पाल्पा काठमाडौ समाजका अध्यक्ष  दिवाकर पराजुलीकाे अध्यक्षता तथा सचिव कमल प्रसाद पाण्डे  संचालनमा सम्पन्न भएकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने