दशैँ आयो…
दशैँ हिजो पनि आउथ्यो आज पनि आयो र भोलि पनि आउँछ । वर्षहरु बित्छन तर हर्सहरु मिसिएकि मिसिएनन त्यो ठूलो कुरा हो ।
हाम्रा बा–आमाहरु दशैँ उहिलेको जस्तो छैन भन्छन तर दशैँ दशैँ जस्तो किनछैन भन्छन त मानिसहरु एकैछिन चिन्तन गरौ न हुन्न?
शहरको दशैँभन्दा गाउघरको दशैँ रमाइलो भने कुरा बढिनै सुनिन्छ । हिजोको दशैँमा गाउँघरमा हावाले ल्याउने दशैँको वास्ना नै सुगन्धित हुन्थ्यो । विदेश गएकाहरु मनभरी उत्साह बोक्दै घर फर्किन्थे जागिर पढाइ गर्न शहर छिरेका पनि दशैमा घर जान रमाउथे ।
गरीबी त हिजो पनि थियो आज पनि छ, तर सुख–दुःख चाडवाड आफ्नो हैसियत अनुसार स–परिवार सङ्गै बसेर मनाउथे। लामो दुरिको बसमा ठूलो आवाजमा बजेको दोहोरी सुन्दै रमाउदै घर पुगिन्थ्यो ।
बाल्यकालका साथीभाई जो जहाँ पुगेपनि दशैँ मान्न घर आउथे । जति बेला सात समुन्द्रपारी पुगेकाहरु विमानस्थलमा अवतरण गर्दा विमानस्थलमा खुसी र हासो मात्र गुन्जिन्थ्यो । आज जस्तो रातो बाकसमा को आउथ्यो र ? विमानस्थलमा छाती पिटिपिटी मानिसहरु रोएको काहा सुन्नु पथ्र्यो र?
अझै पाका बुढा बा आमाको स्मरणको दशै त अझै कति रमाइलो थियो होला आजको दशै फरक छ देशका कयौं गाउँघरमा बुढाबुढी बा आमा मात्रै छन तिनको हातले टीका लगाइदिन पर्ने निधारहरु मध्यका अधिकाङ्स निधारहरु पसिनाको धारा मात्रै बगाउन विवश छन । आशीर्वाद थाप्ने थाप्लोमा ऋणको बुझ छ, परिवारको जिम्मेवारी छ, देशले भैङ्कर प्रगती गर्यो परिवर्तन पनि हुनुविधि भयो तर बर्सेनि रित्ता निधारहरु बढेको बढै भए ।
आफ्नो परिवार आफ्नो गाउँ आफ्नो देशमा चाडपर्व मान्न रहर नभएको को होला र तर देशमा यति परिवर्तन भैसक्योकी दुई गाँस खान छोराछोरी पढाउन बा आमाको उपचार गर्न यो देशमा काम पाइन छाड्यो ऋणधन गरेर राजधानीमा पढ्न आउने र दशैमा घर जाने उ बेलाको दशै जस्तो रहेन अचेलको दशैँ ।
ऋणधन गरेर जसरी भएपनी विदेश जाने र दुई पैसा कमाउने अहिलेको दशैँले शहरलाइ त त्यति फरक पारेन, तर गाउँघरलाइ भने शून्य नै पारे । सयौं हैनन हजारौ मात्र पनि होइनन लाखौं युवाहरुले देशमा दशै मनाउन नपाएको बर्षौ भयो ।
मोबाइलको स्क्रिनमा भिडियो कल गरेर टीका लगाउदा बा आमाको हात थरथरी कापेका छ । अर्काको देशमा भएको सन्तानलाइ प्रविधिले दिएको सुबिधाका कारण आखाले देखेर रुन चाहिँ पाइने तर हातले छुन चाहि नपाइने दशैहरु कति मनाउनु । भैगो, थोरै खाउ आफ्नै देश जाँउ भनेर तयार हुने मन भएका कति छन कति पाउन गारो काम पाएपनी कमाइने थोरै दाम र महङ्गिले दुई छाक पनि पेटभरी खान नसकिने मामको अगाडी जाबो दशैको के मुल्य भयो र ।
ले निधारमा मुजा पर्नेगरी चिन्तामा पार्ला त्यसमाथि तरकारिको भाउ हिजो ती प्याज काट्दा आशु आउथ्यो आज प्याज किन्दा पनि आशु आउँछ यस्तो अभाबै अभाबको दशैको के मुल्य भयो र देशको दशै हिजोको जस्तै रहेन किन भने दशै मान्न सवै घरमा छैनन् भविस्यमा कुनै दिन दशै मनाउला भनेर मुठी कसेर देशै छोडेर गएका गरिब जनताले १ दिन पनि ढुक्कले दशै मनाउन पाएको छैनन
अबको दशैमा कसैले पनि आफ्नो प्यारो परिवार प्यारो गाउँ अनि आफ्नो प्यारो देश छोड्नै नपरोस आफ्नो प्रियजन सङ्ग टाढा रहेर विदेशमा दशै मनाउन बाध्य आदरणीय मित्रजनहरु देशमै दशै मनाउने दिनपनी आउँछ भन्दै यहीँबाट सबैलाइ न्यानो सम्झना सहित बडा दशै २०८० को शुभकामना ।
-पुष्कर भारती, चौतारा साङ्गाचोकगढी नगरपालिका वडा न ११ सिन्धुपाल्चाेक ।