'एमालेको समर्थनमा कांग्रेसमा विद्रोह गरेका केदार बने कोशीको मुख्यमन्त्री'

२ वर्ष अगाडि

एमालेको सहयोगमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै त्यहाँको सत्ता समीकरण फेरिएको हो । आज कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको छ।

कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बिहान मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत भएकोमा एमाले र कार्की पक्षधर कांग्रेसका सांसदहरु मात्र उपस्थित भएका थिए ।

आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि गएनन् । गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको मुख्यमन्त्रीमा दाबी पेस भएको थियो । तर आङ्बो पक्ष हस्ताक्षर सनाखतका लागि उपस्थित नै भएनन् ।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि असोज २० गते हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीकाे शपथ आइतवार भाेलि दिउँसाे १ बजे हुने भएकाे छ ।

अघिल्लो प्रदेश सभामा ३ जना मुख्यमन्त्री भएका थिए । कोशी प्रदेशमा पछिल्लो प्रदेश सभाको एक बर्षको अवधिमा ५ औ मुख्यमन्त्री नियुक्त भएका छन् ।

यो अबधिमा २–२ पटक हिक्मत कार्की र उद्धव थापा मुख्यमन्त्री बनेका छन् । दुवै पटक मुख्यमन्त्रीमा नियुक्त भएका काङ्ग्रेस संसदीय दलका मुख्यमन्त्री बनेका उद्धव थापालाई भने अदालतले बरखास्त गरेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने