स्याङ्जा । अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच घर परिवार विस्थापित भएका छन् ।
वालिङ नगरपालिका–८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ ।
विस्थापित परिवारलाई नजिकैकौ अमिलाथुम प्राविको भवनमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0