'बझाङ भूकम्पमा परी एकजना बेपत्ता, १३ जना घाइते'

३ वर्ष अगाडि

बझाङमा गएको भूकम्पमा पनि एकजना बेपत्ता भएका छन् । लेकमा एकजना बेपत्ता भएको खबर आएको र त्यस विषयमा जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

भुकम्पमा परि अन्य १३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई थप उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।

मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले विभिन्न जिल्लामा क्षति पुर्याएको थियो । हालसम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

आज दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो । भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । भुकम्पका कारण यहाका दर्जनौं घरहरु भत्किएका छन् । विद्यालय र पुराना सरकारी कार्यालयमा पनि क्षति पुगेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक