'एमालेको प्रदेश अधिवेशन- बाग्मतीमा मतदान, कर्णालीमा बन्द सत्र शुरु'

३ वर्ष अगाडि

काठमाण्डाै।  नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।

एमाले पार्टी कार्यालय च्यासलमा मतदानका लागि अन्तिम तयारी भइरहेको छ । नेकपा एमालेको बाग्मती प्रदेश अध्यक्षको लागि पाँच जनाको उम्मेदवारी परेको छ । कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान हुँदैछ ।

भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने अनुमान छ । एमाले बाग्मतीमा एक हजार १ सय ६४ जना मतदाता रहेका छन् । ५ जना पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दावादोर्जे लामा, नारायणप्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल, राजेन्द्र राजथला रहेका छन् ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित, रामकुमार अधिकारी तथा उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । यस्तै, एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको आज बन्द सत्र हुँदैछ ।

१० बजेपछि बन्द सत्र शुरु हुने एमाले कर्णाली प्रदेश उपाध्यक्ष लालबहादुर महतराले बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने