दाङ। बजारमा नयाँ तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ। दाङ—देउखुरीको राप्ती गाउँपालिका—१, पाखापानी निवासी चर्चित गायक तथा मोडेल श्रीधर कडेल र सिसहनियाँ निवासी पत्रकार सन्तोषकुमार गुप्ताले अभिनय गरेको तीज गीत ‘काँकरीको झालमा’ बोलको गीत केएसआर मुभी नामक युटुव च्यानलबाट बुधवार सार्वजनिक गरिएको हो।
गायक हिरा केसी र गायिका बिष्णा वलीको स्वर रहेको सो गीतमा गायक हिरा केसीकै शब्द तथा संगीत समेत रहेको छ। गीतलाई हिरा थापाले एरेन्ज गरेका हुन्। गुडबाइज रेकडिङ स्टुडियोे काठमाडौँमा गीत रेकर्ड गरिएको हो। गीतको भिडियोमा गायक तथा मोडेल श्रीधर कडेल र भालुवाङकी टिकटक स्टार सुस्मिता राना तथा पत्रकार सन्तोषकुमार गुप्ता र पबित्रा कुमालको बिशेष अभिनय रहेको छ। साथै उक्त भिडियोमा केशब भण्डारी र पत्रकार ओमप्रकाश गुप्ता लगायतको अभिनय समेत रहेको छ। उक्त भिडियोको निर्देशन तथा छायांकन प्रकाश बस्नेतले गर्नु भएको हो।
दाङ देउखुरी स्थीत पाखापानीको उर्वर भूमिमा जन्मिएरे नेपालको अधिकांश भु—भागमा प्रतिनिधित्व गरिसकेका कलाकार श्रीधर कडेललाई स्वदेश तथा विदेशमा रहेका नेपालीले रुचाएका कलाकार भित्र पर्दछन्। स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत क्षमता भएका कलाकार कडेलले आधा दर्जन बढी गीतहरु बजारमा ल्याइसकेका छन्। त्यस्तै कडेलसंग मोडलिङ्ग गर्ने सस्मिता राना पछिल्लो समय टिकटकमा छाएकी कलाकार हुन्। रानाले पछिल्लो समय कभर भिडियोहरुमा समेत अभिनय गर्दै आउनुभएको छ।
सो गीतको छायांकन राप्ती गाउँपालिका—२, कटेसनाला स्थित भण्डारी टोल र पर्यटकीयस्थल हर्षेडाँडा पार्कमा गरिएको थियो।
हेर्नुहोस् यो भिडियो…