एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानसँगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ। ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको हो।
पाकिस्तानका सदाब खानले ४ तथा शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले २/२ विकेट लिए। नसिम शाह र मोहम्मद नवाजले एक एक हात पारे।
नेपालका सोमपाल कामीले २८ र आरिफ शेखले २७ रन बनाउन सके। यी दुईले चौथो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । नेपालले ७२ रन जोड्दा ह्यारिस रौफले आरिफलाई आउट गर्दै उक्त साझेदारी तोडे। त्यसपछि रौफकै बलमा सोमपाल आउट भए।
नेपालले १४ रनमै ३ विकेट गुमाएको थियो। कुशल भुर्तेल ८ र आसिफ शेख ५ रनमा आउट भए भने कप्तान रोहित पौडेलले खाता खोल्न सकेनन्। गुल्सन झाले १३ रन बनाए भने सन्दीप लामिछानेले खाता खोल्न सकेनन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0