'देवदह नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न'

३ वर्ष अगाडि

देवदह // देवदह नगरपालिकाले आफ्नो १५३औं कार्यपालिका बैठक सम्पन्न गरेको छ। नगरप्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षतामा बसेको देवदह नगरपालिका कार्यापलिकाको बैठकले विभिन्न निर्णयहरु गर्दै सम्पन्न गरेको हो।

बैठकले आ.व. ०८०/०८१ का लागि ज्याला, ढुवानी तथा निर्माण सामाग्रीहरुको दररेट सम्बन्धमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मिति २०८०/०३/२७ गते बसेको बैठकले निर्धारण गरेको जिल्ला दररेटलाई स्वीकार गर्दै लागू गर्ने, नगरपालिकाले आ.ब. २०८०/८१ मा लिएको पूँजिगत खर्चको लक्ष्य हाँसिल गर्नको लागि उपभोक्ता मार्फत संचालन हुने आयोजनाहरु प्रभावकारी तवरले कार्यान्वयन गर्न
उपभोक्ता समितिको गठन मिति २०८० साल असोज मसान्तसम्म गर्ने तथा समितिहरुलाई तालिम मिति २०८० साल कार्तिक मसान्तसम्म गर्ने निर्णय गरेको छ। त्यस्तै योजनाहरुको सम्झौता मंसिर मसान्तसम्म, कार्यसम्पन्न चैत मसान्तसम्म गर्ने र भुक्तानी फरफारक आगामी बैशाख मसान्तसम्म गर्ने तथा नगरस्तरीय आयोजनाहरुको हकमा जेष्ठ मसान्तसम्म भुक्तानी फरफारक गर्नेगरी कार्य अगाडि बढाउने निर्णय गरेको छ।

आर्थिक बर्ष २०७९/८० मा संचालन भएका कार्यक्रम तथा योजनाहरुको वार्षिक समिक्षा मिति २०८० साल असोज ५ गते शुक्रबार १२:३० बजे आयोजना गर्ने निर्णय गर्दै देवदह नगरपलिकामा संचालन हुने Urban Resilience and Livability Improvement Project कार्यान्वयनको लागि ADB consultant श्री पदम लोहनीले नगरपालिकाको लागि तयार पारेको विस्तृत वित्तीय व्यवस्थापन सुधार योजना स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णयको साथमा नगरपालिका अन्तर्गतका १२ वटै वडाका मुख्य तथा भित्री सडकहरुको खाल्डाखुल्डि पुर्नकोलागि विपद व्यवस्थापन कोषमा रहेको रकमलाई प्रति वडा रु १,००,०००।- (अक्षरुपी एक लाख रुपैया) का दरले विनियोजन गर्ने। उल्लिखित कार्य सम्पादन गर्दा सम्बन्धित वडामा खटिएका प्राविधिक कर्मचारीहरुबाट लागत अनुमान तयार गरी प्रचलित कानून बमोजिम सम्पादन गर्ने निर्णय गर्दै कार्यपालिका बैठक सम्पन्न गरेको प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला