देवदह । लायन्स क्लब अफ देवदहले क्लबको ८ औं स्थापना दिवस मनाएको छ। संस्थाका अध्यक्ष मन बहादुर क्षेत्रीको अध्यक्षता र लायन्स अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ पि, नेपालका डिष्ट्रीक्ट गवर्नर पि एम जे एफ अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा स्थापना दिवस एक कार्मक्रमका बिच मनाईएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैंजुले लायन्स क्लब अफ देवदहले लायन्स आँखा उपचार केन्द्रलाई आँखा अस्पतालको रुपमा विकास गर्ने गरी अगाडी बढिरहेकोमा क्लबको प्राशंसा व्यक्त गर्नुभएको थियो। उहाले जहाँ जहाँ अफठ्यारो त्यहाँ लायन्स पुग्नु पर्ने बताउनुभयो। उहाले क्लबले गरेका विभिन्न सामाजिक क्रियाकलाप र क्लबमा आबद्द सदस्यहरुको क्रियाशीलताले नै क्लब यहाँ सम्म आइपुगेको बताउनुभयो।
कार्यक्रममा बोल्दै प्रथम डिस्ट्रीक गभर्नर एम जे एफ पुरुषोत्तम भक्त प्रधानाङ्गले क्लबले गरेका उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दै क्लबले गर्ने कार्यक्रमहरुमा आफु र डिस्ट्रीकको तर्फ बाट सक्दो सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो। समाजमा गरेका कामले नै आफ्नो परिचय स्थापित हुने हुदा समाजसेवाको भावनालाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो।
कार्यक्रममा बोल्दै दोस्रो डिस्ट्रीक गभर्नर पि एम जे एफ बलराम भट्टराईले लायन्स क्लब देवदहले महत्त्वपूर्ण योजनाको रुपमा लायन्स आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउदै यसले देवदह आसपासका क्षेत्रका जनताले पनि सेवा पाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै डिस्ट्रीक एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट लायन विष्णु पौडेलले क्लबले स्थापना काल देखि आज सम्म गरेका गतिविधिहरुको जानकारी गराउनुभएको थियोे। उहाले क्लब २०१५ मा स्थापित भई आफुभन्दा कम भाग्यसालीलाई सहयोग गर्दै आईरहेको बताउनुभयो। क्लबले समाजलाई प्रत्यक्ष फाईदा हुने खालका कार्यक्रम गर्दै आईरहेको र मेगा प्रोजेक्ट आँखा उपचार केन्द्रबाट सेवा दिदै आएका बताउनुभयो।
कार्यक्रममा क्लब एक्स्टेनसन चियरपरसन प्रेम नारायण पौडेल, एरिया चिफ बिनोद सुवेदी, रिजन चियरपरसन कमला शर्मा लगातले शुभकामना मन्तव्य राख्नु भएको थियो। सोहि अवसरमा चार्टर्ड मेम्बरलाई सम्मान र नँया मेम्बरलाई क्लबमा स्वागत गरिएको थियो।
लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रीक ३२५ पी का द्वितीय डिस्ट्रीक गभर्नर पि एम जे एफ लायन बलराम भट्टराई, एल सि आई एफ कोडिनेटर एम जे एफ लायन सन्दिप कैसदन, क्याविनेट ट्रेजरर दिनेश प्रसाद श्रेष्ठ, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष कमल पौडेल, लायन्स क्लब अफ देवदह पाकडी वृक्षका अध्यक्ष झरना गुरुङ, लायन्स क्लब अफ देवदह युनाईटेडका अध्यक्ष लायन माधव आचार्य, लायन्स एवम् लियोका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम क्लबका अध्यक्ष मन बहादुर क्षेत्रीको अध्यक्षता, प्रथम उपाध्यक्ष कृष्ण राज पौडेलको स्वागत तथा क्लवका सचिव जस बहादुर पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्लबका तेश्रो उपाध्यक्ष गणेश क्षेत्रीले धन्यवाद ज्ञापन गर्नुभएको थियो।