'छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण'

३ वर्ष अगाडि

देवदह । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले देवदह ६ स्थित श्री साई बाबा विद्यापिठ आधारभूत विद्यालयमा छात्रवृत्ति एवम् शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ। रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष बिक्रम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा ५ सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई स्टेसनरी तथा विद्यालयलाई खेलकुदका सामाग्री वितरण गरिएको थियो।

कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्य रहेको बताउँदै क्लबका अध्यक्ष भुसालले विद्यालयको सल्लाह, सुझाव अनुसार विद्यालयमा अध्यनरत २ जना विद्यार्थीलाई छात्रवृत्ति स्वरुप बर्स भरी लाग्ने फी दिएको बताउनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाैडेल, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका पूर्व अध्यक्षहरु, रोट्रयाक्ट पदाधिकारी र सदस्यहरुकाे उपस्थिति रहेको थियो। कार्यक्रम सह-सचिव तथा कार्यक्रम संयाेजक रोट्रयाक्ट प्रिती यादवको संचालन र प्रविन गाैडेलकाे स्वागतमा सम्पन्न भएको थियो।विभिन्न कार्यक्रम गर्दै आईरहेको रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहले शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला