'भारतमा हुने विश्वकपमा भाग लिन सरकारको अनुमति कुर्दै पाकिस्तान'

३ वर्ष अगाडि

एजेन्सी । यो वर्ष भारतमा आयोजना हुने ५० ओभरको क्रिकेट विश्वकपमा भाग लिन पाकिस्तानको क्रिकेट टोली सरकारको अनुमतिको पर्खाइमा रहेको छ । विश्वकपको प्रस्तावित तालिका जारी भएपछि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले विश्व क्रिकेटको नियामक निकाय आईसीसीलाई पत्र लेख्दै बोर्डले एक्लै यसबारेमा अनुमति दिन नसक्ने बताएका हुन्।

‘हामीले आईसीसीलाई पत्र लेख्दै विश्वकपको तालिकालाई अनुमोदन गर्ने वा अस्वीकार गर्नेबारे एक्लै निर्णय गर्न सक्दैनौँ भनेर आईसीसीलाई पत्र लेखेका छौँ,’ सेठीले भने, ‘भारतजस्तै यसबारे पनि हाम्रो सरकारले निर्णय लिनुपर्छ । अहिले हामी अहमदाबादमा खेल्छौँ कि खेल्दैनौँ भन्ने प्रश्न गर्नु नै बेकार छ। पहिले सरकारले हामी खेल्न जान्छौँ किन जाँदैनौँ भनेर निर्णय गर्नुपर्छ। हाम्रो निर्णय त्यसैमा भरपर्छ ।’ सन् २०२३ को विश्वकप आगामी अक्टोबर ५ तारिखदेखि सुरु हुनेछ। त्यसको १० दिनपछि भारत र पाकिस्तान भिड्ने तालिका तय छ । पाकिस्तानले लिग चरणमा पाँचवटा रंगशालामा खेल खेल्ने तालिकामा उल्लेख छ। तर सन् २०१६ को टी–२० विश्वकप यता पाकिस्तानले भारतको भ्रमण गरेको छैन। -ईएसपीएन क्रिकइन्फो

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने