'हरैया बहुमुखी क्याम्पसमा साहित्य समाज गठन'

३ वर्ष अगाडि

कञ्चन । रुपन्देहीको कञ्चन गाउपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा साहित्य समाज गठन गरिएको छ। क्याम्पस प्रमुख प्रकाश खनालको अध्यक्षतामा बसेको प्राध्यापकहरुको भेलाले प्राध्यापक केवि धुवाँलेको अध्यक्षतामा कञ्चन साहित्य समाज गठन गरिएको हो। क्याम्पस प्रमुख प्रकाश खनाल संरक्षक रहेको साहित्य समाजमा कपिल पौडेल, मदन सुवेदी, विनोद पौडेल, मञ्जु तिमिल्सिना, रामजी आचार्य, दीपक भुसाल र बम बोगटी सदस्य रहनुभएको छ।

कञ्चनको साहित्य कला र संस्कृतिको उत्थान र उन्नयनका लागि गठन गरिएको समाजले साहित्यिक गतिविधि सञ्चालन गर्ने योजना रहेको अध्यक्ष धुवाँलेले जानकारी दिनुभएको छ। शिक्षा शास्त्र र बाणिज्य तथा ब्यवस्थापन शास्त्र संकाय सञ्चालन भएको हरैया बहुमुखी कयाम्पसमा पहिलो पटक क्याम्पसका प्राध्यापकहरुको भेलाले साहित्य समाज गठन गरेको हो।

भेलालाई सम्बोधन गर्दै क्याम्पस प्रमुख खनालले कञ्चनमा साहित्य समाज गठन भएपछि कञ्चनको भाषा साहित्य, कला र संस्कृतिको उन्नयन, खोज अनुसन्धानमा सहयोग पुग्ने उल्लेख गर्नुभयो। साहित्य समाजको ऐना भएकोले लेखा तथा साहित्यकारले समाजमा देखिएको यथार्थ बिषय बस्तुलाई आफ्नो साहित्यिक श्रृजना मार्फत पदार्पण गरी समाज रुपान्तरणमा महत्वपुर्ण योगदान पुर्याउने क्याम्पस प्रमुख खनालले बताउनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने