'रुपन्देहीको सेभेन स्टार इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी र अभिभावकलाई अभिमुखिकरण'

३ वर्ष अगाडि

देवदह // रुपन्देहीको सेभेन स्टार इ.बो. स्कुल देवदह-२ ले एक दिने विद्यार्थी तथा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रजापति सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे।

कार्यक्रममा बाेल्दै अध्यक्ष सापकोटाले आधुनिक, प्राविधिक र व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याउंदै संस्कार सहितको समयानुकुल शिक्षाका लागि विद्यालयले ठूलो भुमिका खेल्नुपर्नेमा जाेड दिनुभयाे। कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम चापागाईंले विद्यालयको समग्र शैक्षिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो। उहाले विद्यालयका भावी योजनाहरु प्रस्तुत गर्दै संस्कार सहितको बालमैत्री शिक्षा विद्यालयको अबको मुख्य प्राथमिकता रहेको बताउनुभयाे । त्यस्तै साेही अवसरमा बाेल्दै यसै शैक्षिक सत्रबाट विद्यालयमै सुविधा सम्पन्न, आधुनिक र उचित व्यवस्थापनका साथ मन्टेश्वरी कक्षा सञ्चालन हुन लागेको कुरा समेत उहाले बताउनुभएकाे थियाे। कार्यक्रममा विद्यालयका सह-प्राचार्य तिर्थराज पन्थि लगायतले आ-आफ्ना भनाई राख्नुभएकाे थियाे।

विद्यालय शिक्षालाई व्यवहारिक जीवनसंग जोड्दै संस्कार सहितको शिक्षामा जोड दिने उद्देश्यले उक्त अभिमुखिकरण कार्यक्रम आयाेजना गरिएकाे हो। वर्तमान समयमा आंशिक विद्यार्थी वर्गमा मौलाउदै गएका मोबाइलको बढ्दो प्रयोग, अनुशासनहिनता, शिक्षा र पढाईप्रतिको घट्दो आकर्षण, खुल्ला वातावरणमा सिक्ने अवस्था हराउँदै जाने जस्ता प्रवृत्ति र त्यसले विद्यार्थीको मानसिकता र शिक्षण सिकाईमा पारेको प्रभाव अहिले समग्र सबैको चिन्ता तथा चासोको विषय बनेकाे कुरालाई मध्यनजर गर्दै विद्यार्थी अनुशासन, सिकाई प्रवलता र संस्कार तथा सभ्यतालाई शिक्षासंग जोड्ने उद्देश्यले साे कार्यक्रम आयाेजना गरिएकाे जनाईएकाे छ।

युवा पुस्तामाझ पछिल्लो समयमा निकै प्रख्यात रहनुभएका प्रशिक्षक रवि किरणको मुख्य प्रशिक्षण, विद्यालयका सह-प्राचार्य तिर्थराज पन्थिको स्वागत र शिक्षक सुर्य देवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकाे थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला