'नदिजन्य पदार्थ ‘डम्पिङ्ग’को जरिवानाबाट झन्डै आधा करोड राजश्व उठाउँदै देवदह नगरपालिका'

३ वर्ष अगाडि

नदिजन्य पदार्थ ‘डम्पिङ्ग’को जरिवानाबाट झन्डै आधा करोड राजश्व उठाउँदै देवदह नगरपालिका

देवदह । देवदह नगरपालिका, कार्यपालिकाको बैठकले विभिन्न निर्णय गरेको छ। कार्यपालिकाको निर्णय वारे जानकारी दिदै नगर प्रवक्ता गणेश डुम्रेले नदीजन्य पदार्थको विषयमा विभिन्न निर्णय गरेको जानकारी दिनु भयो।

देवदहका सञ्चारकर्मीहरु संग कुरा गर्दै नगर प्रवक्ता डुम्रेले २०७७।०७८ मा निकासी गरी डम्पिग गरिएको नदीजन्य पदार्थको प्रतिधनमिटर २ रुपैयाका दरले जरिमाना तोकिएको जानकारी दिनु भयो। निकासी गरेको आर्थिक बर्षमा डम्पिग गरिएको नदीजन्य पदार्थ हटाई सक्नु पर्ने भएपनि देवदहमा अवैध रुपमा राखिएको डम्पिग नगरपालिकामा अहिले सम्म प्रमाणिकरण नगरिएकोले प्रतिधनमिटर २ रुपैयाका दरले जरिमाना तोकिएको जानकारी दिनु भयो। देवदह नगरपालिकामा ५ वटा कम्पनीहरुले डम्पिग गरिएको नदीजन्य पदार्थ हटाउन नसकेको र नगरपालिकालाई समेत जानकारी दिएकोले जरिमाना गरिएको डुम्रेले जानकारी दिनु भयो।

नगर प्रवक्ताका अनुसार देवदह नगरपालिमा अवैध रुपमा डम्पिग गरिएको नदीजन्य पर्दाथ वापत करिव ४८ लाख रुपैया उठाउन वाकी रहेको जानकारी दिनु भयो। श्रेष्ठ ट्ेडिग ट्ेड सप्लायर्स श्रैष्ठ कन्स्ट्क्सनले १४ लााख १० हजार ८ सय २२, आर्चाय विल्र्डसले ५ लाख ५५ हजार ५ सय १२, लुम्विनी देवदह कन्सट्याक्सले ९ लाख ७४ हजार ४ सय ८, कृशव निर्माण सेवाले ७ लाख ३२ हजार १ सय १२, खनाल कान्छा सप्लायर्सले १० लाख ७८ हजार ३ सय ८० रुपैया जरिमाना वापत बुझाउन वाकी रहेको नगर प्रवक्ता डुम्रेले जानकारी दिनु भयो। जरिमाना तिर्न ताकेता गरेपनि व्यवसायीहरुको आग्रह पछि दुई किस्तामा बुझाउने गरी व्यवस्था गरिएको जानकारी दिनु भयो। पहिलो किस्ता ४० प्रतिशत र ६० प्रतिशतको लागि बैक ग्यारेन्टी हुनु पर्ने डुम्रेले जानकारी दिनु भयो।

कार्यपालिकाको बैठकले सुकुम्वासी, अव्यवस्थित जग्गाको लालपुर्जा प्राप्त गर्नको लागि सरकारले तोकेको राजश्व नागरिकले तिर्नन नसक्ने हुदा राजश्व घटाउनको लागि संघीय सरकारमा डेलिगेसन जाने निर्णय गरेको छ। यसैगरी स्थानीय नगर गान छनोट समितिले सिफारिस गरेकोलाई आगामी कार्यपालिका बैठक र नगर सभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता डुम्रेले जानकारी दिनु भयो। ११ वटा गानको निवेदन प्राप्त भएको उहाले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला