'सुदूरपश्चिममा सभामुख चयनका लागि आज तेस्रोपटक मतदान हुँदै'

३ वर्ष अगाडि

दुई पटकसम्म निर्वाचन हुँदा पनि कसैको बहुमत नआएपछि सुदूरपश्चिम प्रदेशमा आज तेस्रोपटक सभामुख चयनका लागि निर्वाचन हुँदैछ।

सभामुख चयनका लागि बिहान १० बजे प्रदेशसभा बैठक बस्दैछ।

यसअघि पुस २८ र ३० गते भएको निर्वाचनमा सभामुखका उम्मेदवार रहेका माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल दुवैले बहुमत ल्याउन सकेनन्। दुई पटक भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि संवैधानिक संकट उत्पन्न हुन सक्ने अवस्था आएकाले आज पुनः मतदान हुन लागेको हो।

पोखरामा आइतबार भएको विमान दुर्घटनाका कारण सोमबार सरकारले देशभर शोक बिदा दिएकाले हिजोका लागि तय बैठक स्थगित भएको थियो।

सुदूरपश्चिमका सांसदले गत पुस १५ गते शपथ लिएका थिए। पुस १८ गते पहिलो बैठक बसेको थियो।

पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्ने संवैधानिक व्यवस्था छ। तर यो व्यवस्थाअनुसार दलहरू सभामुख चयन गर्न असफल भएका छन्।

गत पुस २८ र पुस ३० मा सभामुख छान्न मतदान भए पनि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी नै तटस्थ बसेको थियो।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निवार्चित हुन २७ मत आवश्यक पर्दछ। तर, यस प्रदेशमा सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन नसकेका हुन्। यहाँ नागरिक उन्मुक्तिका ७ जना सांसद छन्। नागरिक उन्मुक्तिलाई नेपाली कांग्रेसले पनि साथ लिन खोजिरहेको छ।

आजको बैठकमा पनि नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेको खण्डमा सभामुख चयन नहुने अवस्था छ। पार्टीले राखेको मागका विषयमा सरकार गम्भीर नभएको भन्दै नागरिक उन्मुक्तिले मतदानमा सहभागी नभएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक