'सन्देशका ३ गजल'

३ महिना अगाडि

वृक्ष आफू काटिन्छ उसले फल्न छोडे!
बाँच्न दिदैन समाज रङ बदल्न छोडे!

अबको यात्रा काँडामा टेकेर हिड्नुछ
ज्यान जोखिममा पर्छ चप्पल नछोडे!

मैले म हुनुको अस्तित्व गुमाउनु पर्नेछ,
तिम्रो यादमा तड्पिने अम्मल नछोडे!

बले जिउँदै मर्छन् निर्दोष पुतलीहरु,
गाउँ अन्धकार हुन्छ टुकी बल्न छोडे!

अपांग सन्तान सँगै भोकभोकै मर्नेछन्,
बा थला, आमाका पाखुरा चल्न छोडे!

 

२.
नपुग्दै शिखरमा ढलेकाहरूले
छरे के उज्यालो बलेकाहरूले?

सिसाझै फुटेको छ यो भाग्य तेरो
भनेनन् खरानी दलेकाहरूले

अगुल्टो र प्रेमी नठोक्नू जलिन्छ
सुनेनौ भनेको जलेकाहरूले

गरे धीरता नै सफलता बटुल्न
शिखर त्यो चुमेछन् गलेकाहरूले

बजारमा कसैको गजल बेचिएछ
मुनाफा कमाए चलेकाहरूले

३. असाध्यै छ आकाशमा डर मलाई
चरा भन्छ दे पिञ्जडा घर मलाई
छुरा रोप्न आफन्त नै अग्रसर छन्
बुझोस् को यहाँ दु:खको मर्मलाई
सिसाको महलमा बसेकोछ आफू
कसैले बनाएर पत्थर मलाई
म रोएँ भने आँसु सङ्गै बगौला
नदेऊ तिमीले त्यो अवसर मलाई
पिएको छु जीवन पिएकै छु पीडा
नलाऊ नशा पिउन क्यै कर मलाई

©सन्देश ज्ञवाली

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै