'बिआईसिटी एशोसियसन बहुमुखीकाे अध्यक्षमा बद्री पोख्रेल निर्वाचित'

२ वर्ष अगाडि

बुटवल । बुटवल बहुमुखी क्याम्पसका आई.सि.टी. अध्ययनरत विद्यार्थीहरूको गैर नाफामूलक गैरराजनीतिक संस्था आईसिटी एशोसियसनको चौथो अधिवेशनबाट बद्री पोखरेल निर्विरोध निर्वाचित हुनुभएकाे छ।

बुटवल बहुमुखी क्याम्पसमा बिआइसिटी अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्थाको रुपमा विद्यार्थी र क्याम्पसको हितमा काम गर्ने उद्देश्यले स्थापना भएको आई.सि.टि एशोसिएसनको आज चौथो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रोशन चापागाईं र मदन न्यौपाने, सचिवमा अनिश पोखरेल, सह सचिवमा बिन्दु राना र कोषाध्यक्षमा जित बहादुर एम.सी निर्विरोध चयन हुनुभएकाे हाे।

त्यस्तै एशोसिएसनको सदस्यमा नविन दर्लामी मगर, मनिषा गिरी, माहि घिमिरे, लिला थापा मगर, अंकित क्षेत्री र मनिषा पाण्डे चयन भएको एसोसियसनका सचिव सुरज भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै सल्लाहकार समितीमा बिसाल पौडेल, सुरज भट्टराई र हरिहर मरासिनी मनोनीत हुनुभएकाे छ। कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा.खिमानन्द न्यौपानेले विद्यार्थीहरु अनुशासित, लगनशील र धैर्यवान हुनु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डा.न्यौपानेले अनुशासित, लगनशिल विद्यार्थी मात्रपछि गएर सफल हुने उहाले बताउभयो । उहाले प्राविधिक विषय पढेर दक्षता हासिल गरे सजिलै रोजगारको अवसर पाईने बताउनुभयो ।

साथै बि.आई.सि.टी. विषय आफैमा प्राविधिक विषय भए पनि यस्को प्रचार प्रसार नभएको हुदा कम विद्यार्थी भर्ना भएको र यसलाई धेरै भन्दा धेरै विद्यार्थी माझ पुर्याउन अपिल गर्दै त्यसको लागि एशोसिएसनलाई आफ्नो र क्याम्पसको तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षकको तर्फबाट बिआईसिटि कोडिनेटर मेघराज आचार्य, देव राना, स्ववियु उपाध्यक्ष राजिव पोखरेल लगाएतले बोल्दै आइ.सि.टि. कोर्स बिश्वब्यापी रूपमा चाहिने र यसको भविष्य राम्रो रहेको उल्लेख गर्नुभएको थियो । कार्यक्रम बिसाल पौडेलको अध्यक्षता, अनिता पौडेलको स्वागत तथा अनिश पोखरेल र सुरज भट्टराईको सञ्चालनमा बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने

दिदीबहिनी एकैठाउँ झुन्डिएको अवस्थामा मृत फेला

आजबाट देशैभर एसईई परीक्षा सुरु

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूबाट नवनिर्मित भवन उद्‌घाटन

नेप्सेमा उच्च अंकको गिरावट

जेनजी आन्दोलनमा पक्राउ परेका व्यक्ति छुटाइदिने भन्दै रकम असुलेको आरोपमा २ जना पक्राउ