प्रविधीयुक्त शिक्षामा जोड: प्रदेश सभा सदस्य रज्जाक

देवदह । शिक्षा नितीमा व्यापक परिवर्तन गरि प्रविधीयूक्त शिक्षा बनाउनु पर्ने  लुम्बिनि प्रदेश सभा सदस्य अब्दुल रज्जाकले बताउनु भएको छ । सिता माध्यामिक विद्यालय देवदहले आयोजना गरेको सरस्वती पुजा अक्षरआरम्भ तथा बस समुद्घाटन कार्यक्रममा वहाँले उक्त कुरा बताउनु भएको हो ।

संविधान सभा सदस्य समेत रहनु भएका रज्जाकले शिक्षकहरूलाई तालिमको ब्यवस्था गरि नयाँ तरिकाले बिद्यार्थी लाई अध्यापन गराउनुपर्नेमा जोड दिनु भयो । सोेही कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगर प्रमुख धु्रव प्रसाद खरेलले संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा गुणस्तरको खाडल भर्नको लागि सामुदाियक विद्यालयका शिक्षकहरुले मेहनत गर्नु पर्ने भन्दै अनावश्यकरुपमा रहेको विद्यालयहरुलाई समायोजन गरिने नगरपालिकाको योजना रहेको बताउनु भयो । वहाँले शिक्षकहरुले नयाँ प्रविधीको प्रयोग  गर्न विद्यार्थीलाई अभिप्रेरित गर्नु पर्ने भनाई राख्नु भयो ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले विद्यालय प्रगतिपथमा लम्कीरहेको हुँदा समुदायमा रहेका अगुवाहरुले साथ दिनुपर्ने भनाई राख्नु भयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यक बहादुर सुनारको अध्यक्षता विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारीको स्वागत तथा सहायक प्रधानाध्यापक पुरूषोत्तम ज्ञावालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

देवदहमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि तालिम

शिक्षक र विद्यललय कर्मचारीको सडक आन्दोलन आजबाट फिर्ता

शिक्षक र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन फिर्ता

लुम्बिनी सरकार बजेटको तयारीमा : राजनीतिक दलसँग छलफल

आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

मुख्यमन्त्री आचार्यद्वारा भालुबाङ अस्पतालको उद्घाटन

पाल्पामा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु, दुई जना घाइते

आमा र बहिनी ज्वाई सहित भारत घुम्न गएका सुदीप एक दिन अघि मात्रै कस्मिर पुगेका थिए