भाटभटेनी सुपरस्टोर्सले थप दुई हजार युवालाई रोजगारी दिने; हप्तैपिच्छे तलबकाे ब्यवस्था

बिज्ञापन

काठमाडौं । देशको सबैभन्दा ठूलो सुपर मार्केट भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । अहिले भाटभटेनीमा छ हजार बढीले रोजगारी पाइरहेका छन् ।

बिज्ञापन

भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो ।

काठमाडौं सहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्नचाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरुप यो निर्णय लिइएको गुरुङले बताएका छन् ।

बिज्ञापन

हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ । नयाँ प्रक्रिया अनुरुप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमा नै उनिहरूले सो हप्ता कमाएको तलब दिईने व्यवस्था गरिएको पनि गुरुङले बताएका छन् ।

यस्तो जागिरको मौका २१ वर्ष भन्दा कम उमेर भएका र कुनै कलेजमा अध्ययनरत रहेका युवा–युवतीलाई मात्र दिइने छ । यसरी जागिर पाउने युवा–युवतीले दिनको चार घण्टामात्र र हप्तामा पाँच दिने काम गर्नेछन् ।

“अमेरिका, अष्ट्रेलिया र अन्य देशमा पढ्न जाने विदेशी विद्यार्थीलाई हप्ताको बीस घण्टा काम गर्ने अवसर दिइन्छ । हामीले पनि सोहीअनुसार नेपाली विद्यार्थीहरूलाई हप्ताको बीस घण्टा रोजगारी दिने सोच बनाएका छौं,” गुरुङले भने ।

यसरी जागिर पाउने युवाहरूलाई उनीहरूले कुन दिन कुन समयमा आफ्नो ड्युटी गर्न सक्छन् सकभर सोही अनुसार काम दिइने व्यवस्था मिलाइने छ ।

कसैले बिहान, कसैले दिउँसो वा कसैले राति काम गर्न चाहन्छ भने सोहीअनुसार गर्न पाउने र अझ कसैले कुनै दिन बिहान र कुनै दिन राति वा दिउँसो गर्न चाहन्छ भनेपनि सकभर उसको ड्युटीको समय मिलाइने जनाइएको छ ।

मुलुकमा देखिएको बेरोजगारको अवस्था र युवा पलायनलाई रोक्न यस्तो योजना ल्याइएको गुरुङले बताए । “अहिले देशमा कोही पनि युवा बस्न नचाहेको जस्तो देखिएको छ, हाम्रा युवालाई यहीँ रोजगारी सिर्जना गरेर राख्नुपर्छ,” गुरुङको भनाइ छ ।

सम्बन्धित खवर

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना

माघे संक्रान्तिमा मगर संस्कृतिको संरक्षण र समृद्धिमा जोड

माघे संक्रान्तिमा मुख्यमन्त्री आचार्यको शुभकामना सन्देश

प्रथम छात्र/छात्रा ईप्सा भलिवल कप: दुवै तर्फको उपाधी बुद्ध पब्लिकलाई

देवदह १२ का महिलाहरुलाई बाटेको धुप बनाउने तालिम

तेस्रो संगम कप भलिबलको उपाधी कालीगण्डकी स्याङ्जालाई