बुटवल । नेकपा एमाले निकट अनेरास्ववियु पक्लिहवा कृषि क्याम्पसको आयोजना गरेको अखिल कप–२०७८ को शनिवार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र के.सी.ले सरकारका विरुद्ध प्रतिपक्षमा रहेका दलहरुको गठबन्धन हुनुपर्नेमा प्रतिपक्ष दल नेकपा एमालेका विरुद्ध सरकारमा रहेका दलहरुको गठबन्धन गरेर काँही पनि नभएको जात्रा नेपालमा देखाएको बताउनुभयो । वहाँले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्न डराएर माओवादी, सामाजवादी, काँग्रेस लगायतका दलका नेताले दिनैपिच्छे कुरा फेर्दै हिडेको आरोप लगाउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहुनभएका के.सी.ले सबै शक्तिहरु मिलेर गठबन्धन बनाए पनि नेकपा एमालेलाई आम जनताले साथ दिएको बताउनुभएको थियो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डेले महामानव गौतम बुद्धको जन्म नगरी सिद्धार्थनगरमा अवस्थित कृृषि क्याम्पस राष्ट्रकै ऐतिहासिक महत्व बोकेको नमुना शैक्षिक थलोको रुपमा स्थापित गराउनमा अनेरास्ववियुले महत्वपूर्ण योगदान गर्दै आएको बताउनुभएको थियो । वहाँले कृषि क्याम्पसबाट उत्पादित अनेरास्ववियुका नेताहरु कृषि प्राविधिकको रुपमा देशका कुनाकाप्चामा मात्र सिमित नरहेर विदेशका प्रतिष्ठित विश्वविद्यालयमा समेत आफुलाई अब्बल कृषि विज्ञको दर्जामा उभ्याउन सफल भएकोप्रति गर्व लाग्ने बताउनुभएको थियो । वहाँले अनेरास्ववियुले सर्वशुलभ, आधुनिकिकरण, गुणस्तरीय तथा अनुसन्धानमुलक शिक्षामा सबैको सहज पहुँच पु¥याउन विगतदेखि बर्तमानसम्म निरन्तर आवाज उठाउँदै आएको बताउनुभएको थियो ।
समापन कार्यक्रममा क्याम्पस प्रमुख डा.रामभजन मण्डलले अनेरास्ववियुले अत्यन्तै सभ्य र भब्य तरिकाले विभिन्न विधाका प्रतियोगिताहरु सम्पन्न गरेकोप्रति खुशि ब्यक्त गदैै धन्यवाद समेत दिनुभएको थियो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य साजन भण्डारी, प्रविण गौडेल, जिल्ला कमिटी अध्यक्ष शेषकान्त पोखरेल लगायतले अनेरास्ववियुले राजनैतिक आन्दोलन मात्र नगरेर शैक्षिक सुधार, सामाजिक जागरण र विभिन्न रचनात्मक क्रियाकलाप गर्दै विद्यार्थीभित्र रहेको प्रतिभालाई प्रष्फुटित गराउन महत्वपूर्ण काम गर्दै आएको बताउनुभएको थियो ।
कार्यक्रम क्याम्पस कमिटीको अध्यक्ष बिपिन पन्थीको अध्यक्षता तथा सचिव प्रविण पन्तको सञ्चालन र उपाध्यक्षको स्वागतमा सम्पन्न भएको थियो ।
अनेरास्ववियु क्याम्पस कमिटीले भलिवलतर्फ पुरुष र महिला, क्रिकेटतर्फ पुरुष र महिला तथा फुटवल पुरुषतर्फ गरी विभिन्न ४० समुहबिच प्रतिस्पर्धा गराएको थियो ।
फागुन २९ गतेदेखि सञ्चालन भएको विभिन्न विधाको प्रतियोगितामध्ये छात्र भलिवल प्रतियोगितामा सातौं सेमेष्टरका सञ्जिव ढकालको समुह उत्कृष्ट भई उपाधी हात पार्न सफल भएको हो । छात्रा भलिवलतर्फ दोस्रो सेमेस्टरका मनिसा तिमिल्सिनाको समुह प्रथम भएको हो ।
क्रिकेट प्रतियोगितामा छात्रतर्फ सातौं सेमेष्टरका हेमन्त साहनीको समुह र छात्रातर्फ पाचौं सेमेष्टरका कल्पना पौडेलको समुह प्रथम हुन सफल भएको हो । त्यस्तै पुरुष फुटवल प्रतियोगितामा प्रथम सेमेष्टरका अमृत ज्ञवालीको समुह प्रथम भएको हो ।
प्रतियोगिताको संयोजक आकाश आचार्य र सहसंयोजक सिता बस्नेत रहनुभएको थियो ।