देवदहमा एक महिने एड्भान्स हाते कढाई (बुटिक) बनाउने तालिम सम्पन्न

देवदह । रुपन्देहीको देवदहमा एक महिने एड्भान्स हाते कढाई (बुटिक) बनाउने तालिम सम्पन्न भएको छ । उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत देवदह ९ र १० का महिला तथा किशोरीहरुलाई ग्लोवल ट्रेनिङ्ग सेन्टरको व्यवस्थापन र देवदह नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले तालिम पक्ष्यात यसलाई व्यवसायीक रुपमा अगाडी लौजान आग्रह गर्दै आवश्यक परे केहि अर्थिक सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नु भयो । उहाले धैरे सिप सिकेर मात्रै नहुने भएकाले सिकेको सिपमा लगनशिल भएर लागेमा सफलता प्राप्त हुने बताउनुभयो । उहाले नगरबासीलाई व्यवसायीक बनाउन नगरले विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको बताउनुभयो । उहाले आम नागरिकलाई आर्थिक रुपान्तरण संग जोड्न सकियो भने बल्ल समृद्ध देवदह, सुखि नगर बन्ने बताउनुभयो ।

कार्यक्रममा देवदह ९ का वडा अध्यक्ष मोहन बहादुर जिसी, देवदह १० का वडा सदस्य अमर लामिछाने, ग्लोबल ट्रेनिङका कार्यवाहक अध्यक्ष अनिल केसी, पुर्णिमा गुरुङ, पुनम जिसी लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो । २५ जना प्रशिक्षार्थीको सहभागीता रहेको कार्यक्रमको सहजीकरण सरिता श्रेष्ठले गर्निभएको थियो ।

कार्यक्रम देवदह नगरपालिकाका उप प्रमुख तथा उप प्रमुख संग महिला लक्षित कार्यक्रमका संयोजक विद्या लक्ष्मी गुरुङको अध्यक्षता, उप प्रमुख संग महिला कार्यक्रमका सञ्चालक समिति सदस्य कृष्णमाया रानाको स्वागत र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्दिरा भुषाल सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

सगरमाथा आरोहीको अन्तरराष्ट्रिय ‘एभरेष्ट समिटर समिट’ नेपालमा

अखिल नेपाल किसान महासंघ सिद्धार्थनगरको अध्यक्षमा जैसवाल

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

गणतन्त्र दिवस मूल समारोह समिति गठन

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल

पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद

देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न