रोटरी क्लब अफ मेडिकोफयुजनको अध्यक्षयमा प्रकास बस्नेत

बिज्ञापन

रोटरी क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालको वर्ष २०२२/२०२३ का लागि अध्यक्ष डा प्रकाश बस्नेतले पद तथा गोपनियताको सपथ लिएका छन । क्लबको शुक्रबार साझ भएको दोस्रो पद हस्तान्तरण कार्यक्रममा वर्ष २०२१/२०२२ का अध्यक्ष सन्तोष पोखरेलले पद हस्तान्तरण गरेका हुन ।

बिज्ञापन

एक कार्यक्रमकाबीच रोटरी ईन्टरनेश्नल ३२९२ का डिजि जितेन्द्र बहादुर राजभण्डारीले नव निर्वाचित अध्यक्षलाई गोपनियताको सपथ, रोटरी पिन लगाई दिएका थिए । यसैगरि उनले क्लबका पदाधिकारी तथा सदस्यहरुलाई समेत पदको गोपनियताको सपथ खुवाएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बस्नेतले बालिका शिक्षा, क्यान्सर परिक्षण, स्वस्थ्य शिविर जस्ता कार्यक्रमलाई आफ्नो कार्यकालमा जोड दिने प्रतिवद्घता जनाए । क्लब स्थापनाको दुई वर्षको छोटो अवधिमा धेरै रचनात्मक कामहरु भएको भन्दै उनले यो अवधिमा शिक्षा र स्वस्थ्यको क्षेत्रमा प्राथमिकता दिएर काम गरेको दाबी गरे ।

बिज्ञापन

कार्यक्रममा रोटरी ईन्टरनेशनल ३२९२ का डिजि ईलेक्ट राजेन्द्रप्रसाद ध्वजु, आरआरएफसी तथा पिडिजि बासुदेव गोल्यान, एआरआरएफसी तथा पिडिजि सन्जय गिरी, डिजिएन राजेन्द्रमान शेरचनले समाजका रहेका विविध पेशा, ब्यवसायमा आवद्घ भएका अगुवाहरु संस्थागत रुपमा सामाजिक विकासको क्षेत्रमा लाग्नु उदाहरणीय भएको बताए ।
कार्यक्रममा क्लबका प्रेसिडेन्ट ईलेक्ट अप्सरा नेपालले रोटरी ईन्टरनेश्नलको उद्देश्य अनुसार सामाजिक कार्यमा अग्रसर संस्थाका अगुवाहरु फोर वे टेष्टको मान्यतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताईन ।

सम्बन्धित खवर

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना

माघे संक्रान्तिमा मगर संस्कृतिको संरक्षण र समृद्धिमा जोड

माघे संक्रान्तिमा मुख्यमन्त्री आचार्यको शुभकामना सन्देश

प्रथम छात्र/छात्रा ईप्सा भलिवल कप: दुवै तर्फको उपाधी बुद्ध पब्लिकलाई

देवदह १२ का महिलाहरुलाई बाटेको धुप बनाउने तालिम

तेस्रो संगम कप भलिबलको उपाधी कालीगण्डकी स्याङ्जालाई