देवदह औद्योगिक व्यापार मेलामा वाली उपचार शिविर सम्पन्न

देवदह । देवदहमा संचालन भईरहेको नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा एक दिने वाली उपचार शिविर सम्पन्न भएको छ । मेल स्थलमै आयोजना गरिएको वाली उपचार शिविरमा कृषकहरुले आफुहरुले उत्पादन गरेका विभिन्न जातका तरकारीका विरुवाहरु उपचारको लागि ल्याएका थिए । देवदह व्यापार संघको आयोजना, देवदह नगरपालिका कृषि शाखाको सहआयोजना र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा उक्त वाली उपचार शिविर सम्पन्न भएको हो ।

वाली उपचार शिविरमा कृषकहरुले उत्पादन गरेको मकै, प्याज, बन्दा, ब्रोकाउली, काक्रा, आलु, टमाटर, कागती, घिरौला, लौका, लसुन, खुर्सानीको समस्या र समाधानको विषयमा कृषकहरुलाई जानकारी दिईएको थियो । वाली उपचार शिविरको वारेमा जानकारी दिदै कृषि ज्ञान केन्द्रका वाली संरक्षा अधिकृत लवकुशप्रसाद कुर्मीले आलुमा डढुवा, कागतीमा क्याङकर, प्याजमा किरा, मकैमा फौजी किरा, जरा कुहिने, काक्रामा बेर्नाको जरा कुहिने, ब्रोकाउलीमा फल नलाग्ने समस्या, घिऊ सिमिमा किराको समस्या रहेको जानकारी दिनु भयो । यस्ता समस्याहरुको वारेमा कृषकहरुलाई जानकारी दिएको कुर्मीले जानकारी दिनु भयो । उहाले समस्या भएका कृषकहरुलाई वाली उपचार कार्ड प्रदान गर्ने जानकारी दिनु भयो ।

वाली उपचार शिविरमा आफना उत्पादन लिएर आएका कृषकहरुले कार्यक्रम राम्रो रहेपनि अझै माटो शिविर संचालन गरेको भए कृषकले सुविधा पाउने बताएका थिए। उनीहरुले यस्ता शिविर मेला महोत्सवको अवसरमा मात्र नभई ६/६ महिनामा टोल-टोलमा गरे कृषकहरुले सेवा प्राप्त गर्ने बताएका थिए । शिविरले केही हदसम्म कृषकहरुको समस्या समाधान हुने कृषि शाखा प्रमुख सुस्मिता गौतमले जानकारी दिनु भयो । समस्या पहिचान गरी निदान गर्ने गरी शिविरको आयोजना गरेको बताउदै शिविर फलदायी भएको बताउनु भयो । शिविरमा कृषकहरुलाई तरकारीमा प्रयोग गरिने विषादी निशुल्क प्रदान गर्नुको साथै प्रयोगको वारेमा समेत जानकारी दिईएके थियो ।

वाली उपचार शिविरमा देवदह क्षेत्रका ४५ जना कृषकहरुले आफुले उत्पादन गरेका विभिन्न जातका तरकारीहरु शिविरमा ल्याएका थिए । नवौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्र्तगत कृषि संयोजक चक्रपानी न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

जनप्रिय मा.वि.मा सामाजिक परीक्षणको नतिजा सार्वजनिक

काँग्रेस क्षेत्रनम्बर १ रुपन्देहीले तोक्यो मातहतका समितिको सम्मेलन मिति

कपिलवस्तु–११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकप उपाधि

देवदह बोर्डिङमा एसईई दिने विद्यार्थीहरूलाई बिदाई तथा शुभकामना

देवदहमा रोहिणी मिल्क हाउस सञ्चालनमा, गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने लक्ष्य

देवदह आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुका अस्बिन न्यौपाने सर्वसम्मत

रुपन्देहीको देवदहमा धम्मयात्रा हुँदै, २०० भिक्षुको सहभागिता हुने

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण कुमाल