देवदह । रुपन्देहीको देवदहमा सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ वडा स्तरीय फुटवल प्रतियोगिता समिति देवदह – ४, रुपन्देहीको आयोजनमा उक्त प्रतियोगिता सुरु भएको हो ।
बिजयपुर खेल मैदानमा बुधबार भएको उद्घाटन खेलमा वडा नं १ विजयी भएको हो । उद्घाटन खेलमा वडा नं १ ले वडा नं ४ लाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । वडा नं १ का लागि जर्सी नं १२ का स्वाेङ्ग थापाले एक गोलको योगदान दिए ।
दोश्रो खेलमा वडा नं ७ ले वडा नं १२ लाई ३-२ को गेल अन्तरले पराजित गरेको छ । भोलि बिहिबार पहिलो खेल देवदह ५ (क) र देवदह ९ बिच, दोश्रो खेल देवदह ८ र देवदह २ बिच हुने र तेश्रो खेल देवदह ५ (ख) र देवदह ३ बिच हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद रु २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु. १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कार्यक्रम खेल संयोजक अजय भट्टराईको अध्यक्षता, वडा सदस्य तुल प्रसाद चौधरी, महामाया भवानी उच्च मा.विका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छबिलाल घर्ति जिसी, विजय युवा क्लबका अध्यक्ष पुन बहादुर खवास, जनएकता टोल विकास संस्थाका अध्यक्ष सरस्वती पराजुली, समाजसेवी गणेश तिमिल्सिना, गामु धोज मल्ल, विष्णु रिचाल मगर लगाएतको आतिथ्यता र विनिता भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।