दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न

https://simrikaawaj.com

देवदह। रुपन्देहीको देवदहमा संचालित दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न भएको छ। प्रतियोगितामा कुल ३२ टिम सहभागी रहेका थिए।

बिज्ञापन

प्रतियोगिताको पहिलो चरणका खेलमा देवदह ब्वाइज, ढेकावर, रामनगर एफ सि,तिलोत्तमा , दिपज्योती एफ सि,बुटवल , सिद्धार्थ एफ सि,खैरेनी, मैत्री एफ सि,बिर्ता, भलुही एफ सि,भलुही, सुनवल युनाईटेड,सुनवल, बुटवल मिड टाउन एफ सि,बुटवल, थापा स्पोर्ट्स,सुनवल, रामपुर एफ सी,नवलपरासी, लुम्बिनी एफ सी,बुटवल, भुपु शैनिक एफ सी,भुपु शैनिक, सयपत्री एफ सी, आर.वाइ.सि एफ सी, एल.ई.डि वेसक्याम्प र सुनवल १३ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन्।

प्रतियोगिताको पहिलो चरणको ९ औं दिन भएको एल.ई.डी वेसक्याम्प र राधाकृष्ण युवा क्लब बिच भएको खेलमा राधाकृष्ण युवा क्लब बिजयी भएको छ। उक्त खेलमा सञ्जय गुरुङ म्यान अफ दि म्याच घोषित भएका थिए।

बिज्ञापन

त्यस्तै सो दिनको दोस्रो खेल तथा प्रतियोगिताको पहिलो चरणको अन्तिम खेल आज संगम फुटबल क्लब र सुनवल १३ बिच भएको थियो। खेलमा निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरीमा सकेपछि खेल ट्राईवेकरमा गएको थियो। ट्राईवेकरमा संगम फुटबल क्लबका खेलाडीले प्रहार गरेकोे बल सुनवल १३का किपरले रोक्न सफल भएपछि उक्त खेल आफ्नो पोल्टामा पार्न सफल भएको हो।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजार , शिल्ड मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद ५० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिताको दोस्रो चरणको पइलो खेल भोली देवदह ब्वाइज र दिपज्योती फुटवल क्लब बिच हुने र दोस्रो चरणको दोस्रो खेल रामनगर फुटबल क्लब र सिद्धार्थ फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ।

ताजा समाचार

IMG_20230527_211916

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न।

received_1352277071998477

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

IMG-20230526-WA0012

नमूना एभरग्रीन स्कुलमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

received_805331087479845

स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्याल

received_1434677410693545

हाप्किडो संघ लुम्विनी प्रदेशको नेतृत्वमा टेकराज केसि चयन

FB_IMG_1684940084288

देवदहमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर सुरु

सम्बन्धित खवर

IMG_20230527_211916

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न।

received_1352277071998477

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

IMG-20230526-WA0012

नमूना एभरग्रीन स्कुलमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

received_805331087479845

स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्याल

received_1434677410693545

हाप्किडो संघ लुम्विनी प्रदेशको नेतृत्वमा टेकराज केसि चयन

FB_IMG_1684940084288

देवदहमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर सुरु

IMG-20230524-WA0006

नमुना एभरग्रीनमा बाल क्लव पुनर्गठन

received_1032205864830614

देवदह नगरपालिका वडा नं १२ मा कम्पोस्टबिन वितरण