सरस्वती उच्च मावी चाभाका विद्यार्थीलाई वित्तीय साक्षरता

https://simrikaawaj.com

प्युठान । प्राइम कमर्सियल बैंक सरुमारानी शाखाद्वारा सरस्वती उच्च मा.बि. , चाभामा वित्तीय सचेतना कार्यक्रम गरेको छ । युवा विद्यार्थीहरुलाई वित्तीय ज्ञान सीपबाट व्यावहारिक रुपमा सक्षम बनाउने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
‘ग्लोबल मनी वीक २०२३’ कार्यक्रम अनुसार विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम गरिएको हो । उच्च माविमा रहेका विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको प्राईम बैंक सरुमारानी शाखाका प्रवन्धक भीष्म कुमार चौधरीले बताउनु भयो ।
विद्यार्थीहरुलाई वित्तीय साक्षरताको अर्थ, नेपालमा वित्तीय प्रणालीको अवस्थामा, बैंकले गर्ने मुख्य कामहरु, वित्तीय अनुशासन र डिजिटल बैकिङ प्रविधिका बारेमा जानकारी गराइएको सहजकर्ता शिर्जनसिल खड्काले बताउनुभयो।
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाबाट युवालक्षित वित्तीय चेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् । यस वर्षको थिमले युवाहरूमा वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको छ।

बिज्ञापन

ताजा समाचार

IMG_20230527_211916

नेपाल प्रेस युनियन रूपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न।

received_1352277071998477

देवदह मदर टङ्स एकेडेमीमा साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न प्रतियोगिताहरु सम्पन्न

IMG-20230526-WA0012

नमूना एभरग्रीन स्कुलमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत

received_805331087479845

स्काउटलाई अगाडी बढाउन नगरले पहल गर्ने नगर प्रमुख अर्याल

received_1434677410693545

हाप्किडो संघ लुम्विनी प्रदेशको नेतृत्वमा टेकराज केसि चयन

FB_IMG_1684940084288

देवदहमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर सुरु

सम्बन्धित खवर

IMG-20230524-WA0006

नमुना एभरग्रीनमा बाल क्लव पुनर्गठन

received_1032205864830614

देवदह नगरपालिका वडा नं १२ मा कम्पोस्टबिन वितरण