पाल्पा // तानसेन नगरपालिका–७ स्थित न्यू होराइजन बोर्डिङ्ग स्कूलको ३० औं वार्षिकोत्सब एवम् अभिभावक दिवस सम्पन्न भएको छ। सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय ठाकुर गैरेको प्रमुख आतिथ्यमा स्कुलको ३० औं वार्षिकोत्सब एवम् अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथी समेत रहनुभएका प्रतिनिधि सभा सदस्य माननीय ठाकुर गैरेले निजि विद्यालयले सरकारलाई ठुलो योगदान गरेको बताउनुभयो। उहाले कम तलवमा पनि उच्च मिहेनत गर्ने शिक्षक को सम्मान गरेकोमा विद्यालयलाई विशेष धन्यवाद दिनुभएको थियो।
त्यस्तै निजि विद्यालय र सरकारी विद्यालय का विद्यार्थीमा राष्ट्रले गरेको विभेद अन्त्य गर्नु पर्ने प्रदेश सदस्य वीर बहादुर रानाले बताउनु भयो।
कार्यक्रममा प्रदेश साम्सद वीर बहादुर राना र जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनाल, न्यू होराइजन बोर्डिङ बुटवल का प्राचार्य लोकनाथ उपाध्याय तथा उपप्रचाय बासुदेव अर्याल, प्याब्सन पाल्पा का अध्यक्ष महेश बज्राचार्य, पत्रकार महासङ्घ का उपाध्यक्ष भरत शर्मा, रेडक्रस पाल्पाका अध्यक्ष बुद्धि प्रसाद शर्मा, तानसेन नगरपालिका–७ का वडा अध्यक्ष प्रदीप खनाल ,उद्योग बाणिज्य संघ पाल्पा का अध्यक्ष शैलेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो।
विद्यालयका उपप्रचार्य चन्द्रकान्त न्यौपानेको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा विद्यालयका प्राचार्य डासुराम पन्तले विद्यालयको बार्षिक प्रदिवेदन प्रस्तुत गर्दै विद्यालय जिल्लामै उत्कृष्ट रहेको जानकारी दिदै विद्यालय लाई यहाँ सम्म लेराउन लागि पर्ने सम्पुर्ण शिक्षक कर्मचारी लाई विशेष धन्यवाद दिनुभयो। विद्यार्थीहरूबाट गायन र नृत्य प्रतिभा प्रस्तुत गर्नुका साथै विद्यालयले सम्पुर्ण शिक्षक शिक्षिका हरूलाइ सम्मान गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थी कृस्टला ढुंगानाले गरेकी थिइन्।