सरस्वती पूजाको दिन नयाँ विद्यार्थी भर्नाको घुइँचो

देवदह // प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मुलुकभर आज श्रीपञ्चमी धुमधामका साथ मनाइएको छ। सूर्य उत्तरतिर लागी दिन लामो र रात छोटो हुने तथा बसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई बसन्तपञ्चमी पनि भनिन्छ। विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै विभिन्न विद्यालयहरुमा सरस्वती पूजा मनाईएको छ । हिन्दु धर्मावलम्बीहरुले सरस्वती मन्दिर तथा पुस्तकको आराधना गरी श्रद्धा पुर्वक पुजा गरेका छन्।

बिज्ञापन

देशभरका विभिन्न विद्यालयहरुमा आजको दिन अक्षर शुभारम्भ गरि भर्ना अभियान सञ्चालन गरिएको छ । यसै क्रममा देवदह बुद्ध पब्लिक आवसिय मा.विले विशेष कार्यक्रको आयोजना गरि भर्ना अभियान शुभारम्भ गरेको छ।

विशेषगरी सरस्वती पूजाको दिन बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ। यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ।आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ। विद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रार्थना गर्न बिहानै देखि विद्यालय प्राङ्गणमा भीड रहेको थियो।

बिज्ञापन

१ हजार ४ सय २७ जना विद्यार्थि रहेको देवदह बुद्ध पब्लिक आवसिय मा.विमा आज १०० भन्दा बढि विद्यार्थी भर्ना भएका छन् भने बुद्ध पब्लिक मन्टेस्वरी तर्फ ३० वटा सिट रहेकोमा ३० जना नै भर्ना भैसकेको देवदह बुद्ध पब्लिक आवसिय मा.वि को प्रधानाध्यापक कृष्ण गैरेले जानकारी दिनुभयो।

हरेक विद्यालयहरुले आ-आफनै तरिकाले आज बसन्त पञ्चमी मनाएका छन्। विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन्।

ताजा समाचार

received_1256193885318360

दोस्रो संगम कप नकआउट फुटबल प्रतियोगिताको पहिलो चरणको सम्पुर्ण खेल सम्पन्न

1640766907heavy-rain-tropical-rainforest

दिउँसो र राति देशका केही स्थानमा मौसम बदली भई वर्षा हुने

chhath_in_kathmandu_16_L43WScN1AQ-1068x712

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व सुरु

inbound5465053665042500806

सरस्वती उच्च मावी चाभाका विद्यार्थीलाई वित्तीय साक्षरता

1526551441FIFA

नेपालको फिफा महिला वरीयतामा सुधार

1679627315_MG_0241-1024x683

भैरहवामा बुद्ध दर्शन र जिवनीमा आधारित चलचित्र निर्माण र अन्तराष्ट्रिय बजार सम्बन्धी अन्तरक्रिया

सम्बन्धित खवर

group

विश्व क्षयरोग दिवसको अवसरमा देवदहमा अन्तरक्रिया कार्यक्रम

Janasankhya_1_19kZNWQudk

जनगणनाको पूर्ण विवरण सार्वजनिक